होम क्वारेण्टाइन कि रोड क्वारेण्टाइन ?

होम क्वारेण्टाइन कि रोड क्वारेण्टाइन ?


दुर्गा पौड्याल

रुपन्देहीको बुटवल उपमहानगरपालिका बेलबास घर भएका पत्रकार बसन्त पोखरेल सधैँ बिहान मर्निङ वाक जाने गर्थे । घर अगाडिको बाटो हुँदै उत्तरतर्फ । केहीबेर उकालो ओरालो गर्दा शरीर स्फूर्त हुन्थ्यो । तर, कोरोनाको सन्त्रासले स्थानीयले उनको जंगल जाने बाटो नै बन्द गरिदिएछन् । यद्यपि उनी आफै बरिष्ठ लेखक हुन् । सञ्चारकर्मी हुन् । अरुलाई कोरोनाबारे जानकारी दिने ब्यक्ति हुन् । उनलाई कोरोना कसरी सर्छ कसरी सर्दैन, के गर्नुहुन्छ के हुँदैन भन्ने थाहा छ । तर, मानिसहरु यति धेरै आतंकित भए कि होम क्वारेण्टाइनलाई टोल क्वारेण्टाइन बनाइदिए । 

अहिले बिश्व कोरोनाको सन्त्रासमा छ । मुलुक लकडाउन छ । यसलाई मैले ठाडो किरिया भन्न रुचाएँ । अत्याबश्यक पर्दा हिंडडुल गर्ने अवस्था छैन । किनकान गर्ने पसल छैन । विधि पु¥याएर औषधि उपचारमा जाने, नत्र ठाडो किरिया बसेजस्तो कसैसँग नछोइकन भात भान्सा सिध्याएर थपक्क भित्र बस्ने र घरभित्रका कामहरु गर्ने टीभी र मोबाइलमा गड्ने काम भएको छ । 

एक महिना अगाडिसम्म नेपाल सुरक्षित छ भनिन्थ्यो । चाइनाबाट आएका एक युवामा कोरोना भाइरस देखिएपछि बल्ल नेपालमा पनि कोरोना (कोभिड १९) आउन सक्छ भन्ने शंका र चर्चा हुन थाल्यो । विरामी त सन्चो भएर घर फर्किसकेका छन् । त्यतिबेलादेखिको दिन गन्दा दुई महिना बित्यो । बल्ल सरकारले हात धोएर खान, सेनिटाइजर प्रयोग गर्न र कोरोनाका लक्षणहरु बताउन थाल्यो । तर, सरकारले नेपालमा कोरोना फैलियो भने के गर्ने कसरी यसको रोकथाम गर्ने, कसरी उपचारको ब्यवस्थापन गर्ने र बिभिन्न अस्पतालमा उपचारका क्रममा चाहिने उपकरणहरु कसरी मगाउने र क्वारेन्टाइन, आइसोलेसन वार्डहरु कहाँ कहाँ बनाउने भनेर आप्mनो तयारीतिर लागेन । यदि सरकारले चाहेको भए उहिले नै ती सामान जहाँबाट पनि झिकाउन सक्थ्यो । जसरी अहिले हतार हतार बिना टेन्डर चीनबाट उपचारमा चाहिने उपकरण झिकायो । 

आफ्नोतिरको जोगाड गर्नु भन्दा चीनमा कोरोना मच्चिएको बेला सहयोगार्थ भनी एक लाख माक्स बटुलेर चीनको वुहानतिर पठाउने जोरजामतिर लाग्यो । आपत परेकाकालाई सहयोग गर्नु राम्रो काम हो । हैसियतअनुसार सहयोग गर्नुपर्छ । यो अन्यथा होइन । तर, यता लगत्तै नेपालमा ब्यापारीले माक्समै कालो बजारी शुरु गरे । धमाधम माक्स सेनिटाइजर लुकाउन थाले । पसलेले पाँच रुपैया पर्ने माक्सलाई ५० रुपैयाँमा बेच्न थाले । नेपालीले खोज्दा न माक्स पाए न त सेनिटाइजर । 

आपत बिपत पर्दा ब्यापारीले कालोबजारी शुरु गरिहाल्छन् । सरकारको रबैया एक्सनमा भन्दा भाषण गर्ने, निर्देशन दिने र टीभीमा अनुहार देखाउने मात्र देखिन्छ । अहिले चाइनाबाट फेरि सकारले स्वास्थ्यकर्मी र अस्पताललाई चाहिने उपकरण उत्तिखेरै मगायो र आए पनि । पहिले नै पनि यस्ता उपकरण ल्याउन सकिन्थ्यो । पहिला किन ल्याइएन र अहिले उतिखेरै कसरी आयो ? हो, यहाँनेर दालमा केही कालो देखिन्छ । अहिले आउने उपकरणमा ठूलै कमिसनको खेल भएको सूचना अनलाइन पत्रिकाहरुमा आएका छन् । एकातिर बिना उपकरण स्वास्थ्यकर्मी अस्पतालहरुमा खटिनु परेको छ । डक्टर, नर्सहरु प्रत्यक्ष बिरामीसँग सम्पर्कमा आउने ब्यक्ति हुन् । उनकै सुरक्षामा चाहिने माक्सदेखि लगाउने लुगा, टोपी, जुत्ताजस्ता अत्यावश्यक सामान उपलब्ध छैनन् । आप्mनो सुरक्षा बिना काम गर्नु परेको अवस्था छ उनीहरुलाई । नेपालको सुदूर गाउँमा कसैलाई कोरोना लाग्यो भने उसको स्वाप टेस्ट गर्न पठाउनै नसकिने अवस्था छ । न हवाइजहाज चल्छ, न त बस चल्छन् न सरकारले त्यसको कुनै ब्यवस्था मिलाएको छ । हरेक कुरामा असुरक्षित स्वास्थ्यकर्मीले काम गर्नु परेको छ ।

देशको केन्द्रबिन्दु, राजधानीमा त त्यो अवस्था छ भने प्रदेश अनि स्थानीय सरकारको कुरा गरिसाध्य छैन । अहिले सरकारले काम गरेर खाने ज्याला मजदुरीमा बाँच्नेहरुलाई राहत वितरण गर्ने निर्देशन दियो । राहतका सामाग्री पनि टोलटोलमा आए । तर वितरणमा के गरियो भने जो जो आप्mना भोटर्स हुन् तिनलाई फोन गरीगरी बोलाएर दिइयो भने भोट दिँदैन भन्ने लागेकालाई राहत सामाग्री दिइएन । फारम भराएर नागरिकताको फोटोकपी र ब्यक्तिको फोटोसमेत टाँसेर फाराम लिइयो तर राहत लिन जाँदा हकारेर पठाइयो । जवकि एउटै प्रकृतिका कामदार, एउटालाई राहत दिइयो अर्कोलाई दिइएन । यस्तो पक्षपात भएको देखियो । यसैबाट थाहा हुन्छ कति निष्पक्ष छ यो स्थानीय सरकार भन्ने ? 

कुरा दश किलो चामल, दुई किलो दाल र एक पोका नुनमात्रको होइन । कुरा यहाँका आफूलाई सरकारको दाहिने हात ठान्नेहरुको नियत कुरा हो । यो भोटको राजनीति हो भनेर प्रष्टै छ । जव नदिनु नै थियो भने आएको छ भनेर थाहै नदिएको भए पनि त हुन्थ्यो । राहत आएको छ यहाँ कति छन् निवेदन दिनुस भनेर निवेदन लिने अनि लिन बोलाएर फलानाका घरमा बस्नेले पाउँदैन भनेर हकारेर पठाउने गर्नु घोर अपमान र आपराधिक मानसिकताको पराकाष्टा हो । 

अर्को कुरा लकडाउनको समय छ । यसमा सबैले आआफनो सुरक्षा आफै गर्नुपर्छ, यसमा कसैको दुई मत छैन । तर अत्यावश्यक खानेकुरा लिने ठाउँमा के सुरक्षित छन् त मान्छेहरु ? पसल खोलेको बेला हेर्ने हो भने थाहा हुन्छ मान्छेले मुखमा माक्स त टाँसेका छन् तर सतर्कता अपनाएका छैनन् न त ६ फिट परबाट सामान नै दिइन्छ न लिइन्छ । मान्छेबाट मान्छेमा सर्ने भाइरस यसरी हात हातमा सामान दिंदा र लिंदा अनि पैसा दिंदा लिंदा सर्दैन ? एउटा आउँछ खानेकुराको पसल किन बन्द गर्ने सरकारले खोल्न पाइन्छ भनेको छ भन्छ अर्को आउँछ र पसल किन खोलेको बन्द गर, लकडाउन छ भनेको थाहा छैन भनेर थर्काउँछ । कसको कुरा मान्ने ? कसको नमान्ने ?

कुरा यतिमा मात्र सीमित छैन । आजकल धेरैजसो मानिस सुगर, ब्लड प्रेसर, मुटु, दमका रोगी छन् । डक्टरले सकभर बिहान दिनहुँ एक आधा घण्टा हिंड्ने गर्नुस् भन्ने सल्लाह दिन्छन् । आप्mनो स्वास्थ्यका लागि डक्टरको सल्लाह पनि मान्नुप¥यो । समय छ लकडाउनको । तव पनि बिहान बाटोमा सिङ्गल मान्छे शुरुशुरु आफू हिंड्ने बाटोमा कसैसँग नछोइएर वरपर गर्दा कसैलाई कोरोना सर्दैन । त्यति त आफूलाई सुरक्षित राखेर रोगीले गर्न पाउनु प¥यो नि ! तर आफूलाई स्थानीय निकायका टोलका हनुमानहरुले आफ्नो तरकारी बारी र खेतीपातीमा पनि जान नदिने गरी बार लगाइदिन्छन् । यस्ता घटना कति छन् कति ? 
शंकरनगर, रुपन्देही