अहिलेसम्म ४५ हजार पाँच सय ३८ को मृत्यु, अमेरिकामा मृत्युको संख्या ह्वात्तै बढ्यो

अहिलेसम्म ४५ हजार पाँच सय ३८ को मृत्यु, अमेरिकामा मृत्युको संख्या ह्वात्तै बढ्यो

 
२० चैत्र, काठमाडौं । संसारभरमा कोरोनाभाइरसबाट नौ लाख ११ हजार पाँच सय ७० जना संक्रमित भएका छन् । अहिलेसम्म ४५ हजार पाँच सय ३८ जनाको मृत्यु भइसकेको छ । यसमध्ये तीस हजारभन्दा बढीको युरोपमा मात्र ज्यान गएको छ । स्पेनमा संक्रमितको संख्या एक लाखभन्दा बढी भएको छ । नौ हजार मरिसकेका छन् । अमेरिकामा बुधवार अबेर रातिसम्म संक्रमितको आँकडा दुई लाख तीन सय ३६ भए । कूल मर्नेको संख्या चार हजार चार सय ५४ भएका छन् ।
   

अमेरिकामा देशभरमा काम गर्ने चार सय स्वास्थ्यकर्मी कोरोना पोजिटिभ भेटिएका छन् । उनीहरु सबैलाई क्वारेण्टाइनमा राखिएको छ । न्युयोर्कको ८५ प्रतिशत आईसीयू फुल भएको छ ।