'जीटूजी विधिबाट सामग्री खरिद गर्दा छिटो र गुणात्मक हुनेछ'
काठमाडौं, २० चैत । यतिबेला बिश्व नै कोभिड–१९ (कोरोना) संक्रमणले थला परेको छ । नेपाल पनि यो संक्रमणले अछुतो छैन ।
सरकारले खरिद गरेको स्वास्थ्य सामाग्रीमा अनियमितता भएको भन्दै बिभिन्न सञ्चारमाध्यममा समाचारहरु प्रकाशन/प्रसारण भइरहेका छन् । यही सन्दर्भमा सत्तारुढ नेकपाकी सांसद तथा पूर्वमन्त्री पम्फा भुषालले देश महाविपत्तिको सामना गरिरहेक़ो बेलामा अनियमितता भएको भए त्यसको छानविन हुनुपर्ने जनाएकी छिन् ।
सामाजिक सञ्जालमा नेतृ भुषालले यसरी सुझाव दिएकी छिन्, '१ नम्बरको काम कोरना भाइरसको जाँच र उपचारको लागि चाहिने स्वास्थ्य उपकरण लगायतका सामग्री यथासीघ्र खरिद गरेर ल्याउनु हो । नेपाल सरकार अहिलेका लागि सबैभन्दा बिस्वसनीय विधि सरकारले चीन सरकारसित कुरा गरी चीन सरकार मार्फत (जी टू जी विधिबाट) खरिद गर्नुहुनेछ । यो विधिबाट सामग्री खरिद गर्दा छिटो र गुणात्मक हुनेछ । '
प्रतिक्रिया