कोरोना भाइरस, पत्रकारको स्वास्थ्य सुरक्षा र राहत प्याकेज

कोरोना भाइरस, पत्रकारको स्वास्थ्य सुरक्षा र राहत प्याकेज

रामप्रसाद दाहाल

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मी यस्तो पेशा भएको छ, जसले महामारीको जोखिमलाई छल्दै महत्वपूर्ण भूमिका निर्वाह गर्नु परिरहेको छ । यो बेला स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सुरक्षाको विषय जति जोडदार रुपमा उठेको छ, संचारकर्मीकोे सुरक्षाको प्रश्न त्यति बलियोसँग नउठिरहेको चिन्ता मैदानमा खटिइरहेका संचारकर्मीहरु माझमा पाइन्छ । समाचार संकलनमा हिडिरहेका संचारकर्मीहरुले पर्याप्त सुरक्षा सामाग्री नपाइरहेको स्थिति छ भने संचारगृहको कार्यालयमै उपस्थित रहेर कार्यरत संचारकर्मीहरुको स्वास्थ्य सुरक्षामा पनि संचारगृह स्वयम, सरोकारवाला संगठनहरु र सरकार गम्भीर बनेको भान संचारकर्मीहरुलाई भइरहेको छैन ।

कोरोना भाइरस कोभिड उन्नाईसको महामारीबाट विश्व नै त्राहिमाम बनिरहेको बेला नेपाल त्यसबाट अछुतो रहन सकेन । यो त्रास कम गर्न, कोरोनाले ल्याएको विनास र त्यसको रोकथामका लागि सरकारले गरिरहेको प्रयास र लिइरहेको पहल जनता समक्ष पुर्याउने र नागरिकको सूचनाको अधिकारको सम्मान गर्ने दायित्व संचारकर्मीहरुले निर्वाह गरिरहेका छन् । 

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मी यस्तो पेशा भएको छ, जसले महामारीको जोखिमलाई छल्दै महत्वपूर्ण भूमिका निर्वाह गर्नु परिरहेको छ । यो बेला स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सुरक्षाको विषय जति जोडदार रुपमा उठेको छ, संचारकर्मीकोे सुरक्षाको प्रश्न त्यति बलियोसँग नउठिरहेको चिन्ता मैदानमा खटिइरहेका संचारकर्मीहरु माझमा पाइन्छ । समाचार संकलनमा हिडिरहेका संचारकर्मीहरुले पर्याप्त सुरक्षा सामाग्री नपाइरहेको स्थिति छ भने संचारगृहको कार्यालयमै उपस्थित रहेर कार्यरत संचारकर्मीहरुको स्वास्थ्य सुरक्षामा पनि संचारगृह स्वयम, सरोकारवाला संगठनहरु र सरकार गम्भीर बनेको भान संचारकर्मीहरुलाई भइरहेको छैन ।

सरकारले हरेक नागरिकको स्वास्थ्य सुरक्षाको जिम्मेवारी लनि पर्दछ । तर, जोखिमपूर्ण काम गरिरेहका स्वास्थ्यकर्मीलाई जोड दिदैं पीपीईलगायतका सुरक्षा सामग्रीको आपूर्तिको प्रयास गर्नु सरकारको स्वागतयोग्य कदम हो । सुरक्षाकर्मीलाई पनि त्यही हिसाबले सुरक्षा सामग्री उपलब्ध गराउनु पर्दछ भने यो बेला संचारकर्मीलाई झनै भुल्नु हुँदैन । किनकि, एउटा संचारकर्मी भाइरसबाट प्रभावित हुँदा सम्बन्धित संचारगृहका साथीहरु र सम्बन्धित संचारकर्मीको परिवारमा त्यसको सोझो असर पर्न सक्छ । समाचार संकलनमा हिड्दा, अन्तर्वार्ता लिंदा र कार्यथलोमै रहँदा संचारकर्मीहरुमा संक्रमणको जोखिमको खतरा छ । कोरोना भाइरसको महामारी कुनै निश्चित भूगोल र देशको विषय नभई विश्व सुशासन (ग्लोबल गभरनेन्स) को विषय समेत रहेकाले विश्व संगठनहरुले पनि नेपालमा महामारी रोकथाम र नियन्त्रणको विषयमा काम गर्दा संचारकर्मीलाई प्राथमिकतामा राख्नु जरुरी छ । कर्मथलोमा सक्रिय रहेकै कारण कुनै संचारकर्मी संक्रमित भएमा संचारकर्मी र उसको परिवारको स्वास्थ्यको प्रश्न कसले हल गर्ने भन्ने विषयमा पनि गम्भीर बहस गरी विधि तय गर्नतिर पहल लिन ढिलो भइसकेको छ । 

हामी संचारकर्मीहरुले पनि विश्व स्वास्थ्य संगठनको सुरक्षा सम्बन्धी सूचना र हाम्रो सरकारले तय गरेका उपायहरुलाई पछ्याएर सुरक्षा सतर्कता अपनाउनु पर्दछ । अन्य देशको अभ्यास पनि उपयोगी हुन सक्छ । ती अभ्यासहरु र अन्य सूचनाहरु यो छोटो टिप्पणीमा समेट्न सम्भव नभएकाले सम्बद्ध संगठनहरुले संचारकर्मीहरुलाई सूचित गर्नु पर्दछ । 

हो, अहिले राज्यका संयन्त्रहरुको तारो बनेका प्रायः जसो न्यु मिडियाले घरबाटै काम गर्ने व्यवस्था मिलाएको बताइन्छ । छापा माध्यम पनि त्यही बाटो पछ्याइरहेका छन । तर, टेलिभिजन र रेडियोमा त्यो सम्भावना नरहेकाले बढी संवेदनशीला विद्युतीय संचारमाध्यमका संचारकर्मीप्रति देखिन्छ । यसको मतलब घरबाटै काम गराइएका हकमा आँखा चिम्लिने भन्ने चाहिँ होइन । 

संचारमाध्यम र श्रमजीवी पत्रकारलाई राहत 

जोखिमका बेला संचारकर्ममा जुटेका संचारकर्मीहरुको स्वास्थ्यको सवाल सँगसँगै आर्थिक पक्ष पनि अहिलेको चासोको विषय हो । यस सन्दर्भमा नेपाल पत्रकार महासंघले पत्रकारका लागि समयमै पारिश्रमिक भुक्तानी र कार्यालयमा आउन जान सवारी साधनको व्यवस्था गर्न संचार प्रतिष्ठानलाई आग्रह गरेको छ भने कठिन अवस्थामा सूचना प्रवाहको दायित्व निर्वाह गरिरहेका संचार माध्यम र पत्रकारहरुलाई इन्टरनेट, टेलिफोन, विद्युत जस्ता अत्यावश्वक साधनमा आवश्यक सहुलियत दिन सरकारसँग भनेको छ । प्रेस संगठनका साथै नेपाल प्रेस युनियनले र सरकारी निकाय न्यूनतम पारिश्रमिक निर्धारण समितिले सरकारसमक्ष संचार माध्यम र पत्रकारहरुका लागि राहत प्याकेज घोषणा गर्न भनिसकेको अवस्था छ । सरकारले कोरोना महामारीबाट प्रभावित क्षेत्रहरु र वर्गका लागि राहत प्याकेज घोषणा गरिसकेको छ, जुन स्वागतयोग्य हो । तर, त्यसमा सञ्चार जगतका लागि राहत नआउनु भने दुःखद हो । संचार क्षेत्रले कस्तो राहत खोजेको हो, त्यसबारे सरोकारवालाहरुसँग छलफलमार्फत सरकार निष्कर्षमा पुग्नु पर्दछ ।  

त्यसक्रममा केही विषय छुटाउनु हुँदैन । नेपाल पत्रकार महासंघको सदस्य रहेका र सूचना विभागबाट प्रेस पास प्राप्त संचारकर्मीलाई हरेक वर्ष नवीकरण गर्ने गरी व्यवस्था गरिएको पाँच लाख दुर्घटना बीमालाई बढाएर जीवन बीमाको व्यवस्था गर्ने, सम्बन्धित संचार प्रतिष्ठानलाई श्रमजीवी पत्रकारहरुको जीवन बीमाको अनिवार्य व्यवस्था मिलाउन लगाउने, नियमित पारिश्रमिक भुक्तानी अनिवार्य गराउने, महामारीको बेला फिल्डमा पुगी कार्य गर्दा साबिकको भन्दा दोब्बर पारिश्रमिकको व्यवस्था गर्ने, यो संकटमा संचारकर्मीको रोजीरोटीमा असर नपर्ने या सेवाको निरन्तरताको सुनिश्चिता, संचार प्रतिष्ठानले सरकारसँग समन्वय गरी स्वास्थ्य समस्या देखिएका संचारकर्मीहरुको परीक्षणको व्यवस्था मिलाउने आदि ।

 यसका लागि संचार गृहतर्फ पनि ध्यान जानु पर्दछ । विद्युत, इन्टरनेट, नवीकरण आदि शुल्कका साथै सरकारले कोरोना भाइरस सम्बन्धी सूचना प्रवाह समानुपातिक ढंगले गर्न सक्दा संचार प्रतिष्ठानले श्रमजीवीका माग सम्बोधनमा सहजता महसुस गर्नेतर्फ विशेष ध्यान दिनु पर्दछ । साथसाथै अहिले बन्द भएका मिडिया खुलाउन सरकारका तर्फबाट यथोचित व्यवस्था गर्न जरुरी देखिन्छ ।

संचार प्रतिष्ठान र संचारकर्मीको स्वास्थ्य सुरक्षा र सेवा सुविधाका लागि बलियो व्यवस्थाको चर्चा गरिरहँदा यो संवेदनशील घडीमा हामीले संयमता अपनाउदैं आफ्नो उत्तरदायित्व भुल्नु हुँदैन । महामारीका समयमा गलत जानकारी, नक्कली समाचार र षड्यन्त्रको सिद्धान्त सामाजिक संजालमार्फत प्रवाहित भइरहेकाले त्यसका विरुद्ध प्रतिकारक ओखती मानिने अन्तर्राष्ट्यि पत्रकार महासंघले तयार पारेकोे ग्लोबल चार्टर अफ इथिक्स अफ जर्नालिष्टमा भनिएको छ,  पत्रकारको पहिलो कर्तव्य सत्यतथ्यको सम्मान र नागरिकको अधिकारका लागि वास्तविकता नै हो । २० चैत्र २०२०