कोरोना भाइरस संक्रमणले क्रूरको सीमा नाघ्यो, ५१ हजारको मृत्यु !
एजेन्सी, २१ चैत । विश्वभरि दश लाखभन्दा बढि कोरोनाभाइरसका घटना पुष्टि भएको जोन्स हप्किन्स युनिभर्सिटीको विवरणले जनाएको छ।
भाइरसको सङ्क्रमण विश्वभरि फैलिरहँदा यस तथ्याङ्कलाई एउटा क्रूर सीमा नाघेको रूपमा चित्रण गरिएको छ।कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या १० लाख नजिक पुगेको डब्लूएचओको चेतावनी दिएको छ ।
त्यो भाइरसका कारण अहिलेसम्म ५१ हजारभन्दा बढि मानिसको मृत्यु भएको छ भने दुई लाख आठ हजारभन्दा बढि सङ्क्रमित निको भएर घर फर्केका छन्।
जोन्स हप्किन्स युनिभर्सिटीको यस तथ्याङ्कभन्दा पनि उच्च सङ्ख्यामा सङ्क्रमितहरू रहेको हुनसक्ने ठानेको छ ।
सङ्क्रमितको सङ्ख्या पहिलो एक लाख पुष्टि हुन झण्डै डेढ महिना लागेको थियो। तर गत एक सातामै सङ्क्रमितको सङ्ख्या दोबर भएर त्यो दश लाख पुग्यो।
अमेरिकामा सबैभन्दा धेरै सङ्क्रमित पाइएका छन् भने मृत्युको सङ्ख्या इटलीमा उच्च छ।
झण्डै एक चौथाइ सङ्क्रमण अमेरिकामा पुष्टि भएका छन् भने युरोपमा आधाजसो सङ्क्रमित छन्।
कोभिड(१९ रोग तीन महिनाअघि मध्य चीनबाट फैलन सुरु भएको थियो।
मृत्यु हुनेको सङ्ख्याका आधारमा इटलीपछि दोस्रो स्थानमा रहेको स्पेनमा झण्डै ९ लाख मानिसहरुले आफ्नो जागिर समेत गुमाएका छन्।
अमेरिकामा बिहीवार बताइए अनुसार त्यहाँको इतिहासमै अहिलेसम्मको उच्च ६६ लाख मानिसहरूले बेरोजगारी सुविधाको लागि दाबी दर्ता गरेका छन्।
प्रतिक्रिया