कोरोनाले उब्जाएका कुरा

कोरोनाले उब्जाएका कुरा

गोकुल बास्कोटा

कोरोनाको महामारी ढिलोचांडो सकिएर जान्छ । प्रकृति संग संघर्ष गर्दै आएको मानव जातिको क्षमताको कारण यसले धेरै दिन दुख नदेला । यो हामिबाट जांदै गर्दा यसले हामिले रोजेको विकासको मोडल, हाम्रो अर्थतन्त्र, हाम्रो सामाजिक संस्कार र जिवनपध्दती, हाम्रो वातावरण, हाम्रो मनोविज्ञान, हाम्रो शिक्षा, हाम्रो स्वास्थ्य प्रणालीमा कस्तो प्रभाव छोड्ला त ?

कोरोनाले गर्दा धेरै युवाहरु रोजगारीका लागि विदेश जान पाएका छैनन् । यो महामारीले छोडेर जाने विश्वव्यापी आर्थिक मन्दिका कारण विदेशतिर उध्धोग कलकारखाना बन्द भए भने अथवा केही समयका लागि तिनिहरुको आर्थिक अबस्था कमजोर भयो भने त्यां काम गर्ने नेपाली युवाहरु बेरोजगार बन्नेछन् र घर फर्किनेछन् । त्यतिबेलाको बेरोजगारी र रेमिट्यान्सको कमिलाई हामिले कसरि व्यवस्थापन गर्न सक्छौ ?

नेपालमा गाउलाई सहरले निल्दै गएको छ । पारिवारिक र सामाजिक सम्बन्ध कमजोर बन्दै गएको छ । हाम्रो जिवनपध्दतिको मौलिकता हराउदै गएको छ । यस्तोमा अहिले कोरोनाले सामाजिक दुरी कायम गर्न हामिलाई बाध्य पारेको छ । यो महामारीपछि हाम्रो सामाजिक मुल्य र जिवनपध्दतिको मौलिकतालाइ जोगाउन हामिले गर्नसक्ने काम केही हुनसक्छ कि सक्तैन ?

कोरोनाले कृषि क्षेत्रमा चुनौति संगै अबसर पनि ल्याएको छ । समृद्ध नेपाल, सुखि नेपालीको अवधारणाले जिविकामुखी कृषिलाई व्यवसायमुखी आधुनिक कृषिमा बदल्ने र कृषि उपजको उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने संकल्प लिएको छ । योसंगै हामीले अग्र्यानिक उत्पादनबारे पनि सोच्नुपर्ला । कोरोनाको कारण कृषि उत्पादनको आयात साघुरिएको यो समयलाई हामि कृषि क्षेत्रको विकास गर्नेगरी उपयोग गर्न सक्छौ कि सक्तैनौ ?

नेपालमा गाउलाई सहरले निल्दै गएको छ । पारिवारिक र सामाजिक सम्बन्ध कमजोर बन्दै गएको छ । हाम्रो जिवनपध्दतिको मौलिकता हराउदै गएको छ । यस्तोमा अहिले कोरोनाले सामाजिक दुरी कायम गर्न हामिलाई बाध्य पारेको छ । यो महामारीपछि हाम्रो सामाजिक मुल्य र जिवनपध्दतिको मौलिकतालाइ जोगाउन हामिले गर्नसक्ने काम केही हुनसक्छ कि सक्तैन ?

रोगव्याधि फैलिनुको मुख्य कारण वातावरण विनाश हो भन्ने सुनिन्छ । हिमाल, हिमनदि, हिमताल, घना जंगल भएको हाम्रो देशले पृथ्विको वातावरण विनाश गराउन खेलेको भिमका निक्कै सानो छ । तर वातावरण विनाशको ठूलै असर हामि भोग्नु पर्दै छ । कोरोनाको महामारीपछि नेपालले प्रकृतिको अन्धाधुन्ध दोहनको विरोधमा संसारभरी उठेको आवाजलाई नेतृत्व दिन सक्छ कि सक्दैन ? सक्छ भने यसका लागि के गर्नुपर्छ ?

सत्यलाई लखेटने र लखेटिने क्रम चल्दै आएको छ । चल्दै पनि जाला । आफु नांगिएर अरुलाई नंग्याउने दाउपेच चल्दै गर्दा हामिले महामारीपछि अपनाउनुपर्ने बाटोबारे सोच्न, सुझाव दिन पनि ध्यान दिए राम्रै होला कि ?

मैले यसो भन्दा प्रिअकुपाइड माइन्डसेट भएका र डीप फेकको सिकार बनेकाहरुले के भन्छन् भन्ने पनि मलाई था छ । तर अध्यारोको राज सुर्य नझुल्किन्जेललाई मात्र हो ।

(निवर्तमान सञ्चारमन्त्री बास्कोटाको फेसबुकबाट साभार)