कोरोनाभाइरसको कहरले अमेरिकालाई मास्क लुटेरा बनायो 

कोरोनाभाइरसको कहरले अमेरिकालाई मास्क लुटेरा बनायो 

काठमाडौ । अमेरिकाले कोरोनाभाइरस विरूद्धको लडाइँमा मास्कको आपूर्ति गर्न नसक्दा अरू देशका लागि हिँडेको मास्क लुटन थालेको छ ।

बर्लिनका एक सिनेटरले अमेरिकाको यो कार्यलाई आधुनिक कालको सामुद्रिक लुटेराले गर्ने कार्यको रूपमा व्याख्या गरेका छन् । क्यानाडा  र जर्मर्नीले ति देशका लागि तयार रहेको सिपमेन्ट अमेरिकाले आफ्नो देशका लागि मोडेको लगाएका छन् ।

अमेरिकामा संक्रमितको संख्या अढाई लाख माथि पुगेको अवस्थामा मास्कको अभाव हुन थालेपछि  अमेरिकाले मास्क लुट्न थालेको हो ।

चीनको मास्क बनाउने कारखानाबाट यो साता २ लाख मास्क थाइल्यान्डको बैंकक आइपुग्यो । त्यहाँबाट त्यो मास्क जर्मनीको राजधानी बर्लिन पुग्नु पर्ने थियो । त्यो बर्लिन नपुगरे त्यो अमेरिका तिर मोडियो । 

चीनमा रहेको मास्क बनाउने अमेरिकी कम्पनी थ्रीएमले उत्पादन गरेकको  त्यो मास्क अमेरिका मोडिएको घटनालाई बर्लिनका सिनेटरले यो आधुनिक डकैती भएको र मर्केल सरकारले अमेरिकासँग कुरो गर्नुपर्ने आग्रह गरेका छन् ।

अमेरिकी सरकारले त्यो कम्पनीले मास्क अमेरिका नपठाएर तिनको निर्यात प्रतिबन्ध लगाउने चेतावनी दिएपछि त्यो सिपमेन्ट अमेरिका तिर मोडिएको बर्लिन प्रहरी प्रमुख बारबारा स्लोविकले भनेकी छिन् । तर यो आरोपलाई हवाइट हाउसको प्रवक्ताले पूर्णरूपमा गलत भएको एक जर्मन समाचारले उल्लेख गरेको छ ।

तर यस्तो आरोप लगाउने देश जर्मनी मात्र नभएर गत साता क्यानाडाले पनि यस्तो आरोप लगाएको थियो । साथै फ्रान्सले पनि यस्तो आरोप लगाएको थियो । यी देशहरू अमेरिकी गठबन्धनका देशको रूपमा चिनिएका छन् ।