छोरा पाउन ८९ वर्षीय अर्बपति ४४ वर्षीया पत्नी स्याहर्दै

छोरा पाउन ८९ वर्षीय अर्बपति ४४ वर्षीया पत्नी स्याहर्दै

काठमाडौ ।  बेलायती अर्बपति व्यापारी र फर्मूला वनका पूर्व मालिक ८९ वर्षीय बर्नी एक्लेस्टोनले चौथो पटक आफू बाउ बन्न लागेको खुलाएका छन् ।

सन् २०१७सम्म फर्मूला कम्पनीको प्रमुख भइ ४० वर्षसम्म काम गरेका एक्लेस्टोनले आफ्नो तेस्री पत्नी ४४ वर्षीया फाबियाना फ्लोसीबाट जुलाईमा चौथो सन्तान पाउन लागेको खुलाएका हुन् ।

अर्बपतिकी पत्नी फ्लोसीले हरेक आमाबाबु जस्तै शिशु स्वस्थ्य जन्मिनुपर्ने चाहेको बताइन् ।

एक्लेस्टोनले ब्राजिलियाली प्रेमिका फ्लोसीसँग सन् २०१२मा विवाह गरेका थिए ।

यसअघि उनले इभी बामफोर्ड र क्रोसियाली मोडेल स्लाभिका राडिकसँग विहे गरेका थिए । उनका तीन छोरीहरू छन् ।  जेठी डेबोराह ६५ वर्षकी छिन् ।

उनले यो खुलासा गरेयता सामाजिक सञ्जालमा उनको खिसीटयुरी भइरहेको छ ।

विश्व कोरोनाभाइरसबाट उम्किन खोजिरहेका बेला एक्लेस्टोनले पत्नी फ्लोसीको स्याहारसुसार गर्न ब्राजिलको साओ पाउलो बाहिर रहेको फार्महाउसमा बसिरहेका छन् ।
 ।