कोरोनाको कहरमा बहकिएका सञ्चारमाध्यम

कोरोनाको कहरमा बहकिएका सञ्चारमाध्यम

खगेन्द्र फुयाल 

विश्वजगत अहिले कोरोना भाइरस (कोभिड–१९) को विपतसंग लडिरहेको छ । कोभिड–१९ को महामारीबाट हजारौं मानिसको मृत्यु भएको छ भने २ सय पाँच देशका लाँखौ व्यक्ति संक्रमित भएका छन् । कोभिड–१९ को संक्रमण विश्वव्यापी फैलिसकेका कारण यसबाट कल्पना गरेभन्दा धेरै मानविय क्षति भइसकेको छ ।

विश्व स्वास्थ्य संगठनले स्वास्थ्य क्षेत्रको यो अवस्थालाई संकटकाल घोषणा गरेको छ । वैज्ञानिक तथा अनुसन्धानकर्ताहरु कोरोना भाइरस विरुद्धको औषधी बनाउन जुटेका भएपनि हालसम्म सफल भईसकेका छैनन् ।

विपतको यस घडिमा आमसञ्चारमाध्यको भूमिका महत्वपूर्ण भएको छ । सरकारले कोभिड–१९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि देशव्यापी लकडाउन गरेको छ ।  मुख्यगरी शहरी क्षेत्रमा बसोबास गर्ने मानिसको गतिविधिहरु घरभित्र सिमित भएको छ । मानिसको दिन बिताउने साधन आमसञ्चारमाध्यम भएका छन् । यस हिसावले पनि सञ्चारमाध्यमको महत्व बढेको छ । 
कोभिड–१९ को संक्रमण तीब्र गतिमा फैलिइरहेका कारण आम मानिसमा त्रास बढेको छ । यो अवस्थामा सञ्चारमाध्यमले संवेदनशील भई सकारात्मक विषयबस्तुलाई ध्यान दिन आश्यक छ । सकारात्मक समाचारले मानिसको मनोबल बढाउन मद्दत गर्दछ । नकारात्मक समाचारले त्रास फैलाउने हुँदा सकेसम्म त्यस्ता सूचनाहरु सम्प्रेषण गर्न निरुत्साहन गर्नुपर्छ ।

कोभिड–१९बाट संक्रमित व्यक्तिहरु नेपालमा पनि भेटिइसकेका कारण सञ्चारमाध्यमले यो महामारिको संवेदनशिलतालाई ध्यान दिन जरुरी छ । सञ्चारमाध्यमले कोभिड–१९ बाट संक्रमितको संख्यालाई खेलमा खेलाडीले हासिल गरेको अंक जसरी उत्साहका साथ प्रस्तुत गरिरहेका छन् । सञ्चारमाध्यमले यो विपतको संवेदनशिलतालाई ध्यानमा राखेर धैर्यताका साथ सूचनाको गम्भीर्यतालाई ध्यान दिन जरुरी छ ।

सकारात्मक समाचारलाई मात्रै ध्यान दिनुपर्छ भन्नुको अर्थ भ्रष्टाचार, दुर्घटना अपराध, आदि जस्ता विषयबस्तुलाई स्थान नदिने भन्न खोजेको हैन । जनताको मौलिक अधिकारलाई स्थापित हुने ढंगले सञ्चारमाध्यमले विषयबस्तुलाई प्रस्तुत गर्नुपर्छ ।
सञ्चारमाध्यमले पुष्टि नभएका समाचारलाई स्थान दिएर पीढित व्यक्तिलाई झन पीडा थपेका छन् । केहीदिन अघि विरगंजका एक ब्यापारीमा कोरोना भाइरस पोजेटीभ देखिएको भन्दै सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल तातियो । पटना मेडिकल कलेजमा चेकजाँच गराउदा ति व्यापारिमा कोरोना संक्रमण पुष्टि भएको भन्दै सञ्चारमाध्यममा समाचार आएपछि सामाजिक सञ्जाल त्यसैको पछि लागेका थिए ।

सञ्चारमाध्यमले सूचनालई भेरिफाइ नगरी हल्लाका भरमा समाचार बनाउदा निर्दोष व्यक्ति तथा उनको परिवारले मानसिक पीडा सहनुपर्यो । उक्त सूचनालाई सञ्चारमाध्यमले सम्प्रेशण गर्नुभन्दा अघि सूचना भेरीफाई गर्न आवश्यक ठानेनन् । फलस्वरुप उक्त सामाग्री मिथ्या समाचार बन्न पुग्यो । मिथ्या समाचार प्रशारण गर्ने टिभी तथा अनलाईन सञ्चारमाध्यको विश्वासनीयतमाथि प्रश्न उठ्यो । 

विषेशगरी अनलाईन सञ्चारमाध्यममा  मिथ्या समाचार भाइरल हुनेक्रम जारी छ । इटालीमा जनताले स्वास्थ्य भन्दा ठुलो पैसा नहुने भन्दै नोट सडकमा फाले भन्ने खालको शिर्षक राखेर बाटामा कागज छरिएको फोटो सामाजिक सञ्जालमा भाइरल बनाइए ।
कोभिड–१९बाट संक्रमित व्यक्तिहरु नेपालमा पनि भेटिइसकेका कारण सञ्चारमाध्यमले यो महामारिको संवेदनशिलतालाई ध्यान दिन जरुरी छ । सञ्चारमाध्यमले कोभिड–१९ बाट संक्रमितको संख्यालाई खेलमा खेलाडीले हासिल गरेको अंक जसरी उत्साहका साथ प्रस्तुत गरिरहेका छन् । सञ्चारमाध्यमले यो विपतको संवेदनशिलतालाई ध्यानमा राखेर धैर्यताका साथ सूचनाको गम्भीर्यतालाई ध्यान दिन जरुरी छ ।

वैज्ञानिक तथ्य र तथ्याङ्कका आधारमा मात्र कोरोना भाइरसका बारेमा समाचार लेख्नुपर्छ । सरकारी तथा अन्य आधिकारिक स्वास्थ्य निकायहरुले दिएका आधिकारिक सूचना मात्रै आधार मानेर समाचार सम्प्रेशण गर्दा गलत सूचना जाने सम्भावना कम हुन्छ ।

विभिन्न कामको सिलशिलामा विश्वका धेरै देशमा नेपालीहरुको बसोबास रहेको छ । कोभिड–१९ बाट ति देशमा रहेका नेपालीहरुमा समेत कोरोना भाइरसको संक्रमण देखिइसकेको छ । सञ्चारमाध्यमले विदेशमा रहेका नेपालीमा  कोभिड–१९ को संक्रमण सम्बन्धी समाचार संप्रेशण गर्दा उक्त देशमा रहेको नेपाली राजदुताबास वा उक्त देशको सरकारी संस्थाले दिएको सूचनालाई आधार मानेर   समाचार सम्प्रेशण गर्नु पर्दछ । कतिपय अवस्थामा व्याकरणीय अशुद्धताले समेत समाचारलाई प्रभाव पार्ने हुदाँ समाचर संकलन, छनौट, तथा सम्पादनमा संवेदनशिल हुनुपर्छ । 

सञ्चारमाध्यमले आफ्नो स्थापनाको उदेश्य अनुरुप सत्यतथ्य एवम् सन्तुलित भएर विषयबस्तु प्रस्तुत गर्नुपर्छ । सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न भन्दै लकडाउन गरेको छ । साप्ताहिक तथा केही दैनिक पत्रिका बन्द गरिएका छन् । धेरैजसो छापामाध्यमको अनलाइन संस्करणमा गइसकेको छन् भने आफ्ना अनलाईन संस्करणमा समाचार नियमित प्रकाशन गरिरहेको छन् । एउटा सञ्चारमाध्यममा आएको समाचारलाई अर्को सञ्चारमाध्यमले हुबहु सम्प्रेशण गर्ने अनलाईनको रोगलाई हाल जारी रहेको लकडाउनले थप उर्जा थपिदिएको छ । समाचार तथा सूचना साभार गर्दा स्रोत उल्लेख गर्नुपर्छ । 

विश्वव्यापी प्रेस स्वतन्त्रता तथा जनताको अभिव्यसक्त स्वतन्त्रता र जनताको सूचनाको हकलाई प्रत्याभूत गर्न स्थापन भएका सञ्चारमाध्यमले बहकिएर विषयबस्तु प्रकाशन तथा प्रशारण गर्नु हुदैन । पत्रकारिताको आधारभूत सिद्धान्तहरु शुद्धता, सन्तुलन, विश्वासनीयता, शिष्टता, नैतिकता, स्वच्छता साथै उत्तरदायी भएर आफ्नो जिम्मेवारी निर्वाह गरौं ।