अमेरिकामा एक महिनामै ७ लाखले रोजगारी गुमाए
काठमाडौ । अमेरिकी अर्थतन्त्रमा गत मार्च महिनामा मात्रै ७ लाख बढी रोजगारी गुमेको छ । कोरोनाभाइरस महामारीले निम्त्याएो अमेरिकी अर्थतन्त्रको बन्दीले यो स्थिति उत्पन्न गराएको हो ।
अमेरिकाको श्रम विभागले हालै सार्वजनिक गरेको मासिक प्रतिवेदनमा गत महिअना ७ लाख १ हजार रोजगारी गुमेको जनाएको छ ।
यो वित्तीय संकट यताको ११ वर्षमा सबै भन्दा धेरै रोजगारी गुमेको अवस्था हो ।
यो रोजगारीले पार्ने गहिरो प्रभावका बारेमा उल्लेख नगरिएको यो प्रतिवेदनन प्रारम्भिक रहेको छ ।
होटल, रेस्टरन्ट, शिक्षा सहित पर्यटन व्यवसायसँग सम्बन्धित व्यवसायमा क्रियाशील रोजगारीहरू बढी गुमेको हो ।
रेस्टरन्ट र बार क्षेत्रमा ४ लाख १७ हजार, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा ७६ हजार,डेन्टिस्ट तथा फिजिसियन कार्यालयमा २९ हजार अन्य १९ हजार गुमेको छ ।
प्रतिक्रिया