कोरोनाका लागि एन्टबडी टेस्ट द्रुतगतिमा गराउन भारतीय विज्ञको जोड
काठमाडौ । भारतको चिकित्सा अनुसन्धान परिषद(आइसीएमआर)ले कोरोनाभाइरसका लागि द्रुतगतिमा एन्टबडी रगत परीक्षण गराउन एक सूचना जारी गरेको छ ।
आप्रवासी समूहमा भएको क्षेत्रमा वा कोरोनाभाइरस संक्रमित हुन सक्ने आंशका भएको क्षेत्रमा दु्रतगतिमा यो परीक्षण गराउन सो परिषद् सल्लाहसहितको सो सूचना जारी गरेको हो ।
राष्ट्रिय कार्य दलको बसेको आकस्मिक बैठकबाट यो निर्णय लिइएको हो ।
भारतमा संक्रमितको संख्या ३ हजार नाघेको र मृत्यु हुनेको संख्या ७५ पुगेको अवस्थामा यो निर्णय लिइएको हो ।
१५ देखि ३० मिनेटसम्म गरिने अन्य रगत परीक्षण जस्तै एन्टीबडीको रगत परीक्षणको परिणाम आउने गरेको छ ।
जारी भएको सूचनामा भनिएको छ –रूघा खोकी जस्तो रोगको स्वास्थ्य सेवा उपलब्ध भएका ठाउँमा निगरानी गरिनेछ । यसमा केही गडबडी देखि तदनुसारको थप अनुसन्धान गर्न पठाइने छ ।”
यस्ता रूघा खोकी लागेकाहरूलाई १४ दिने घरको क्वारन्टिनमा बस्नु पर्ने सल्ला दिइन्छ । यस्ता सबैको परीक्षण गर्न भारतको चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ ।
एन्टीबडी परीक्षण निगेटिभ आए र आवश्यक भए यसलाई घाँटी वा नाकको स्वाबको प्रयोग गरी रियल टाइम आरटी पीसीआरबाट पुष्टि गर्न सकिन्छ ।
अहिले सरकारले कोरोनाभाइरस संक्रमितको सम्पर्कमा भएका उच्च जोखिमका लक्षण भएकाहरूको आरटी पीसीआर परीक्षण व्यक्तिको घाँटी वा नाकको स्वाब प्रयोग गरी परीक्षण गरिरहेको छ ।
आरटी पीसीआर निगेटिभको अर्थ कोभिड–१९को रूघा खोकी नभएको र पोजिटिभको अर्थमा रोगीलाई एकान्तवासमा राखि उपचारमा बस्न भनिने गरिएको सो सूचनामा जनाइएको छ ।
एन्टीबडी परीक्षण पजिटिभ भएका व्यक्तिलाई क्लिनिक र अस्पतालको उपचारमा वा एकान्तवासको विधि अपनाउन पठाउनु पर्ने छ । त्यस्ता व्यक्तिको सम्पर्क सम्बन्धलाई खोजतलास गर्नुपर्ने हुन्छ ।
लक्षण खराब भए तिनलाई कोभिड–१९को अस्पतालमा पठाउनुपर्ने हुन्छ । एन्टीबडी टेस्टगर्न स्वास्थ्यकर्मीलाई ग्लोभ, मास्क र हेडकभरको प्रयोग गरी गर्न सल्लाह सूचनामा दिइएको छ ।
स्वास्थ्यकर्मीले यी सामान प्रयोग गरी स्वाब संकलन गर्न हुने भनिएको छ ।
प्रतिक्रिया