मलेरिया प्रभावित भएकाले भारतमा कोरोनाको असर तुलनात्मकरूपमा कमजोर

मलेरिया प्रभावित भएकाले भारतमा कोरोनाको असर तुलनात्मकरूपमा कमजोर

काठमाडौ । मलेरिया प्रभावित क्षेत्रमा कोरोनाभाइरसको असर तुलनात्मकरूपमा कमजोर रहेको पाइएको छ ।

अमेरिकाको अन्तरिक्ष अध्ययन अनुसन्धान नियोग नासाका पूर्व वैज्ञानिक, मौसम विज्ञानी र अनुसन्धानतकर्ता रोय स्पेन्सरले गरेको अनुसन्धान अध्ययनबट यस्तो जनाएका हुन् ।
भारत मलेरियाबाट सर्वाधिक प्रभावित विश्वको ११ औं देश हो ।

सन् २०१७मा मलेरिया प्रभावित देश र अहिलेको कोरोनाभाइरस प्रभावित देशहरूसँगको तुलनात्मक अध्ययनबाट मलेरिया प्रभावित क्षेत्रमा कोरोनाभाइरसको असर कमजोर रहेको देखिएको हो ।

मलेरियाको प्रभाव कम भएका देशहरूमा अहिले कोरोनाको असर धेरै रहेको पाइएको छ ।

स्पेन्सर २३४ देशको स्वास्थ्यसम्बन्धी मलेरिया प्रभावित विषयको तुलनात्मक अध्ययन गरे । उनले गरेको अध्ययन अनुसार १५४ देशमा मलेरिया नभएको पाइयो । ४० देशमा धेरै मलेरियाको प्रभाव देखियो । ।

गरिएको सर्वेक्षण अनुसार ३० देशका ६ हजार २सय डाक्टरहरूले कोरोनाको उपचारमा मलेरियाको औषधि असरदार भएको भनेका छन् ।कोरोनाको उपचारमा मलेरियाको औषधि हाइड्रोक्सीक्लोरोक्विन सबै भन्दा राम्रो भएको उनीहरूको सुझाव दिएका छन् ।

विश्व स्वास्थ्य संगठन हुले कोरोना सक्रमणको उपचारका लागि कुनै औषधि नभएको जनाए पनि युरोप, अमेरिका र चीनका डाक्टरहरूले यो औषधि दिन सक्ने अनुमति डाक्टरहरूलाई दिइएको छ । बेलायतमा यसको क्लिनिकल परीक्षण जारी रहेको छ । 

नाइजेरिया, कङ्गो, मोजाम्बिक,युगान्डा, घाना, माली, नाइजर, बुर्किना फासो, क्यामरुन, तन्जनिया र भारत विश्वका शीर्ष ११ मलेरिया प्रभावित देश रहेका छन् । यी देशमा कोरोनाभाइरसको असर कमजोर रहेको देखिएको छ ।

मलेरियाका अतिरिक्त क्षय रोगका औषधि पनि कोरोनाभाइरसको उपचारमा प्रयोग  हुन सक्ने विषयमा परीक्षण गरिदै छ । 

जर्मनीका माइक्रोबायोलजिस्टले १०० वर्ष पुरानो भ्याक्सिनको उपभयोग हुन सक्ने विषयमा परीक्षण गरिरहेका छन् । अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले पनि बीसीजी खोपको उपयोग कोरोनाका लागि हुन सक्ने विषयमा अध्ययन गरिरहेका छन् ।