अमेरिकी जनताको ज्यान चीनको हातमा, अनुदान दियो एकहजार भेन्टिलेटर 

अमेरिकी जनताको ज्यान चीनको हातमा, अनुदान दियो एकहजार भेन्टिलेटर 

काठमाडौं, चैत २३ गते । अमेरिकी जनताको ज्यान चीनको हातमा रहेको सीएनएनले बताएको छ ।

कुनै बेला घृणित शत्रुको रुपमा व्याख्या गरिएको कम्युनिष्ट देश चीनले मात्र अमेरिकी जनताको ज्यान जोगाउन सकिने सीएनएनले बताएको हो ।
कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनको उहानलाई केन्द्रविन्दु बनाएको बेला अमेरिकाले अमेरिकी जनताको स्वास्थ्य र जीवनको खतरा मानेको चीनकै प्रविधिमा अमेरिका अहिले भर पर्नुपरेको छ ।
अमेरिकाले कोभिड–१९ सँग लड्न चीनसँग १७ हजार भेन्टिलेटरको माग गरेको छ ।

न्यूयोर्क गभर्नर एन्ड्रयु कुउमाले तत्काल चीनले एकहजार भेन्टिलेटर अनुदानमा सहयोग गरेको बताए ।
चिनिया सरकारको आधिकारिक निकायका अनुसार चीनमा भेन्टिलेटर बनाउने २१ उद्योगहरुमा अहिले विश्वका विभिन्न देशबाट बीसहजार भेन्टिलेटर माग भएका छन् । सो संख्या आउँदो दिनमा बढ्नेछ ।