चिडियाखानाका बाघ कोरोना पजिटिभ
काठमाडौ । ब्रोंक्स चिडियाखानाले तीन बाघ मध्ये एक बाघ कोरोनाभाइरस पजिटिभ भएको खुलासा गरेको छ । अन्य तीन बाघ र तीन सिंहमा कोरोनाभाइरसका लक्षण सुख्खा खोकी देखिएको छ ।
चिडियाखानाले एक विज्ञप्ति जारी गरी यो जनाएको छ ।
द युएसडीए नेशनल भेटरिनरी सर्भिस ल्याब्रटरीले नादिया नाम गरेकी ४ वर्ष उमेर भएको एक पोथी बाघमा कोभिड–१९ पजिटिभ देखिएको जनाएको छ ।
नादियाकी बहिनी अजुल र दुई अमुर बाघ र तीन अफ्रिकी सिंहमा सुख्खा खोकीको लक्षण देखिएको छ ।
चिडियाखानाका अधिकारीहरूले ती जनावरहरू निको हुने विश्वास व्यक्त गरेका छन् ।
बाघमा कोरोनाभाइरस देखिएको औपचारिकरूपमा यो पहिलो घटना सार्वजनिक भएको छ ।
बाघको केयरटेकरबाट भाइरस संक्रमित हुन सक्ने आंशका गरिएको छ ।
प्रतिक्रिया