एक महिनामा चिकित्सा सामानको चिनियाँ निर्यात डेढ अर्ब डलर

एक महिनामा चिकित्सा सामानको चिनियाँ निर्यात डेढ अर्ब डलर

काठमाडौ । युरोप र अमेरिकामा कोरोनाभाइरस पुगेयता चीनले चिकित्सा क्षेत्रका सामानको चिनियाँ निर्यात डेढ अर्ब अमेरिकी डलर बराबरको भएको छ । 

कोरोनाभाइरसको पहिलो मुख्यकेन्द्र विन्दु रहेको चीनले  यो भाइरसबाट लडिरहेका अन्य देशका लागि चिकित्सा क्षेत्रमा प्रयोग गरिने सामानको निर्यात गरिरहेको छ ।

मार्च १ देखि अप्रिल ४सम्मको एक महिनामा चीनले अबौं मास्क, करोडौं सुरक्षा किट, तापक्रम पत्ता लगाउने इन्फ्रारेड टेम्परेचर डिटेक्टर र भेन्टिलेटर लगायतका सामानको मुख्यरूपले निर्यात गरेको छ ।

ग्लोबल टाइम्सले जनाए अनुसार चीनको भन्सार प्रशासकले चिकित्सा सम्बन्धी सामानको निर्यात बारे जनाएको छ ।

चीनको वाणिज्य मन्त्रालयले जनाए अनुसार चिकित्सासम्बन्धी सामानको निर्यातमा कुनै बन्देज लगाइएको छैन् । गत शतिबार ५४ देश र ३ अन्तर्राष्ट्रिय संघसंस्थाले वेइजिङमा चिकित्सा सम्बन्धी सामानको आपूर्ति गर्ने विषयमा खरिद सम्झौता गरेका छन् ।

मन्त्रालयले यस्ता सामान पठाउँदा कमसल समान निर्यात गरिएको पाइए सम्बन्धित पक्षलाई कडा दण्ड दिइने चेतावनी दिएको छ ।

चीनको वुहानमा नियन्त्रणमा लिइएको कोरोनाभाइरसले युरोप र अमेरिका लगायतका देशमा आगो जस्तो फैलिदै जाँदा संक्रमित हुनेको संख्या १२ लाख नाघेको छ ।यो भाइरसबाट मर्नेको संख्या ६५ हजार जति पुगेको छ । अमेरिकामा संक्रमितको संख्या ३ लाख पुगेको छ भने मर्नेको संख्या ८ हजार ५सय नाघेको छ । 

युरोप र अमेरिका लगायतका देशमा कोरोनाभाइरससँग लड्न आवश्यक चिकित्सासम्बन्धी सामानको अभाव हुन थालेको छ ।