कोरोना का रोना 

कोरोना का रोना 

वसन्त पोखरेल

कोरोनाको हल्ला फैलने वित्तिकै ऋण धन गरेर तेल चामल, दाल नुन हतारमा लिए । त्यही पकाउँदै खाँदै विछौना माड्दै गर्नु परेको छ । कति जनाको त खाने सर्दाम सकिएर एक छाके बन्दै रहेछन् । एकजना मित्रले यस्तै दुखेसो पोखे । तलव थाप्ने बेलामा लकडाउन भयो । कुस्त खाद्यान्न किन्नको लागि पैसा धेरै थिएन । केही दिनको लागि त खाद्यान्न चल्यो । अहिले एक छाक खाँदै हर हर महादेव जपेर  बस्दैछु भने । कोरोनाको यो महारोगले जनजीवन अस्तब्यस्त भएको छ । यहाँसम्म कि कालगतिले मानिस मर्यो भने मलामी पाइँदैन । शंख फुक्ने मानिस आउँदैनन् । लाश जलाउने धर्म काठ लिएर जाने मानिस छैनन् । काठ किन्न जाने काठ गोदाम बन्द छन् । लास ओसार्ने गाडी पाउन दुर्लभ छ । नियमित भेट हुने, काम अह्राउने छिमेकीले पनि मुण्टो बटार्न थाले । 

भारतको दिल्लीमा बस्ने साँढु भाइलाई सम्पर्क गर्नुपर्यो । औपचारिक सोधाइ सोधियोः के गर्दै हुनुहुन्छ ? उनले उत्तर दिएः कोरोना का रोना रो रहा हुँ । सब्जीवाला नही आते । दाल भात, रोटी पकाओ, खाओ, सुतो, कोरोना का सपना दिखो । फिर खाना पकाओ, खाओ, बैठो । कोरोना का समाचार सुनो । दोस्तोँ का पास जाना नही । उनको भी आना नही । और तो है ही नही । 

बुटवलका हाम्रा छिमेकी मित्र प्रेमबहादुर घिमिरे घरमा ताला ठोकेर सपरिवार पाल्पाको सत्यवती गाउँपालिकाको खुर्साने गएका छन् । उनको त्यहाँ चारैतिरबाट जंगलले घेरिएको भिरालो तर, एकान्तमा निकै सुन्दर जग्गा छ । अहिले बिजुली लगेछन् । पानीको पाइप पोहोर साल लगेको बताएका थिए । जमीनको सही उपयोग गर्दै रहेछन् । खेल्ने, बरालिने, गफिने ठाउँ नभएपछि केटाकेटी पनि काममा जोतिएका रहेछन् । गाउँका मानिसलाई यो कोरानाले कृषि उत्पादनमा कजाएको छ । कतिले करेसा बारीमा काम गरेका छन् । साग, तरकारी फलाएका छन् । एकाथरीलाई अहिले ऊर्जावान पनि बनाएको छ कोरोनाले । तर, थोरैलाई मात्र । शहरी जनजीवन भने ठूलो समस्यामा परेको छ । साँचै साँढु भाइले भनेजस्तै कोरोना का रोना रुवाएको छ । 

कोरोनाको हल्ला फैलने वित्तिकै ऋण धन गरेर तेल चामल, दाल नुन हतारमा लिए । त्यही पकाउँदै खाँदै विछौना माड्दै गर्नु परेको छ । कति जनाको त खाने सर्दाम सकिएर एक छाके बन्दै रहेछन् । एकजना मित्रले यस्तै दुखेसो पोखे । तलव थाप्ने बेलामा लकडाउन भयो । कुस्त खाद्यान्न किन्नको लागि पैसा धेरै थिएन । केही दिनको लागि त खाद्यान्न चल्यो । अहिले एक छाक खाँदै हर हर महादेव जपेर  बस्दैछु भने । कोरोनाको यो महारोगले जनजीवन अस्तब्यस्त भएको छ । यहाँसम्म कि कालगतिले मानिस मर्यो भने मलामी पाइँदैन । शंख फुक्ने मानिस आउँदैनन् । लाश जलाउने धर्म काठ लिएर जाने मानिस छैनन् । काठ किन्न जाने काठ गोदाम बन्द छन् । लास ओसार्ने गाडी पाउन दुर्लभ छ । नियमित भेट हुने, काम अह्राउने छिमेकीले पनि मुण्टो बटार्न थाले । 

नेपाल राष्ट्र बैंकले पाँच प्रतिशत भन्दा बढी गार्हस्थ (जीडीपी) उत्पादन कम हुन सक्ने प्रक्षेपण गरिसक्यो । बजार शून्य छ । कारखानामा ताला लागेका छन् । सिर्जना गर्ने हात पाखुरा खुम्चिएका छन् । ठाउँ ठाउँमा बन्दै गरेका घरका निर्माण सामग्री बाटोमा अलपत्र छन् । सडक, पुल निर्माण गर्न थुपारिएका सामानहरु अलपत्र छन् । खाद्यान्न अभावले मानिसलाई पिरोल्न थालेको छ । चोरी चकारी बढ्दैछ । बाहिर खोरमा थुनिएका बाख्रा, खसी पाठा, कुखुरा हराइरहेका छन् । कसले लग्यो पत्ता लगाउन हिँड्ने अवस्था छैन । यो सबै कोरोनाले दिएको बक्सिस हो । 

कोरोना का रोना यत्तिमै सीमित छैन । यसले लामो समयसम्म रुवाउने छ । किनभने यसको कारणबाट नियमित हुँदै आएको राष्ट्रिय उत्पादनको परिपूर्ति गर्न लामो समय लाग्नेछ । नियमित हुँदै आएका कारोबारलाई पुरानो विन्दुमा पुराउन निकै लामो समय लाग्नेछ । त्यसै पनि नेपालको आर्थिक हालत नकारात्मक थियो । कोरोनाले नकारात्मक विन्दु चुलाइदियो । काम गर्ने, उत्पादन गर्ने हातहरु यति लामो समयसम्म खुम्चिएपछि त्यसले दीर्घकालीन असर पार्नु अनौठो होइन । यी सबैको परिपूर्ति हुन लामो समय लाग्ने निश्चित छ । 
बुटवल १३ ।