कसैको साथ बिना यसरी लड्यो ताइवानले कोरोनासँग, यसबाट नेपालले सिक्ला ? 

कसैको साथ बिना यसरी लड्यो ताइवानले कोरोनासँग, यसबाट नेपालले सिक्ला ? 

काठमाडौं । अहिले विश्वभरि महामारीको रुप लिइरहेको कोरोना भाइरस चीनको समुुन्द्रतटको दक्षिण पूर्वीय भागमा रहेको ताइवानमा पहिलो पटक संक्रमण २१ जनवरीमा देखिएको थियो । संयोग नै भन्नुपर्छ अहिले कोरोना भाइरसको इपिसेन्टर बन्दै गएको अमेरिकामा पनि पहिलो संक्रमित २१ जनवरीमा नै पुष्टि भएको थियो । 

चीनले महामारीको सत्य सूचना लुकाएको आरोप लगाउँदै ताइवानी राष्ट्रपति साई ईङ्ग वनले विश्व स्वास्थ्य संगठनसँग सत्य तथ्य सूचना पाउनुपर्ने माग राख्दै आएकी थिइन । १९३ देश सदस्य रहेको विश्व स्वास्थ्य संगठनमा भने २०१६ यता ताइवानलाई रोकिएको छ । 

करिब दुई करोड ४० लाख जनसंख्या रहेको ताइवानमा सक्रमणको संख्या अहिले चार सय जति रहेको छ । उस्तै जनसंख्या रहेको अर्काे टापु देश अष्ट्रलिया जुन पहिलो इपिसेन्टर भएको चीनको हुवानबाट सात हजार किलोमिटर पर रहेको छ, त्यहाँ संक्रमित संख्या पाँच हजारको हाराहारीमा पुगिसकेको छ । एकैदिन पहिलो संक्रमित देखिएको अमेरिकामा अहिले ३ लाख भन्दा धेरै संक्रमति छन् ।

महामारीबाट बच्नका लागि ताइवाले केही कठोर निर्णयहरु गर्नु परेको थियो । जनवरी २३ मा उसले वुहानको बासिन्दालाई आफ्नो देश प्रवेशमा रोक लगाएको थियो । त्यसपछि उसले जो कोही चाइनिज आफ्नो देश प्रवेश गर्न चाहन्छन् भने हेल्थ सर्टिफिटेक अनिवार्य रुपमा लिएर आउन पर्ने बनायो ।

फेब्रुअरी–६ बाट सबै चाइनिज नागरिकलाई ताइवान प्रवेशमा प्रतिवन्ध लगायो र सबै अन्तर्राष्ट्रिय पानी जहाजलाई पनि त्यही दिनबाट रोकेको थियो । 

त्यस्तै होम क्वारायटिनलाई पनि कडा गर्न आदेश जारी गरियो । हेलचेक्र्याँई गर्नेलाई दश हजार अमेरिकी डलरसम्मको जरिवाना तिर्न लगायो । 

त्यस्तै एकैदिन ५० लाखसम्म मास्कको उत्पादन गरियो । जो कोहीलाई पनि निमुनिया जस्तो लक्षण देखिएमा टेस्टिङ र रि–टेस्टिङ गरियो । यसरी दिनमा १३ सयसम्म टेस्टिङ र रि–टेस्टिङ गरिएको थियो । 

त्यस्तै कोरोना भाइरसको गलत समाचार प्रकाशन गर्ने मानिस या मिडियालाई एक लाख अमेरिकी डलरसम्मको जरिवाना तिर्न पर्ने व्यवस्था बनाइयो । ताइवान सरकारले कोरोनाबाट क्षति भएको व्यवसायको लागि भनेर दुई अर्ब अमेरिकी डलर छुट्टयाइएको थियो । कोरोना भाइरसको कारण प्रभावित बनेका मजदुरहरुको लागि महिनाको छ सय ३० डलर दिने व्यवस्था गरियो । सार्वजनिक स्थलहरुमा किटनाशक औषधिहरु छर्किने काम गरियो । 

यसरी लकडाउन विना र विश्व स्वास्थ्य संगठनको साथ विना ताइवान सबै विश्वको लागि उत्कृष्ट उदाहरण बन्न सकेको छ ।

यस्ता सकारात्मक विधिलाई नेपालले सिक्ला ?
 

नेपालमा माघ ९ गते कोरोनाको संक्रमण भएपछि चैत्र ११ गतेदेखि लकडाउन गर्ने वाहेक अरु कुनै तयारी, विधि बनाएको छैन । कोरोना संक्रमणलाई फैलन रोक्न, संक्रमण पत्ता लगाउने गतिशील उपचार पद्धति नै छैन ।