लकडाउन बैशाख ३ सम्म लम्ब्याउने सरकारको निर्णय
सरकारले लकडाउन ८ दिन थप गर्ने निर्णय गरेको छ । भर्खरै सम्पन्न मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
लकडाउनको अवधि दोस्रो पटक गरिएको हो। कोरोना भाइरसको दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ बाट १८ गते बिहान छ बजेसम्मका लागि लकडाउन घोषणा गरिएको थियो ।
उक्त अवधि पूरा नहुँदै २५ गतेसम्म थपिएको थियो । तर, यो अवधिका कोरोना संक्रमण स्थानीय स्तरमा समेत भेटिएपछि सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत अवतजावतमा कडाइ गरिसकेको छ ।
यसअघि कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले लकडाउनको अवधि थप गर्न सिफारिस गरेको थियो ।
प्रतिक्रिया