अफगानिस्तान युद्ध सदाका लागि अन्त्य गर्न अमेरिकी सांसदको माग

अफगानिस्तान युद्ध सदाका लागि अन्त्य गर्न अमेरिकी सांसदको माग

अमेरिकाका सांसद ¥यान्ड पाउल र टम उडालले अफगानिस्तान युद्ध सदाका लागि अन्त्य गर्न र युद्धमा विजय भएको घोषणा गर्न माग गर्दै एक विधेयक दर्ता गराएका छन् ।

१८ वर्ष लामो अमेरिकी युद्धको इतिहास मात्र नभएर २० खर्ब अमेरिकी डलर बराबरको रकम खर्च भइसकेको जनाउँदै उनीहरूले यो युद्ध रोक्न माग गरेका हुन् ।

कहिलेसम्म अफगानिस्तानमा अमेरिकाले युद्ध लडिरहने हो त्यसको ठेगान गर्नुपर्ने उनले जनाए । सन् २००१ देखि अमेरिकाले अफगानिस्तानमा अल कायदा र तलिबान विद्रोही विरूद्धको लडाइ लडदै आएको छ । यो विधेयकले युद्धमा लडेकाहरूका लागि बोनस दिन ७ अर्ब अमेरिकी डलर बराबरको प्रस्ताव गरिएको छ ।