कोरोनाका लागि भारत सरकारले सांसद मन्त्रीको पारिश्रमिक ३० प्रतिशत कटौती गर्ने

कोरोनाका लागि भारत सरकारले सांसद मन्त्रीको पारिश्रमिक ३० प्रतिशत कटौती गर्ने

काठमाडौ । भारत सरकारले कोरोनाभाइरस विरूद्धको लडाइँमा आवश्यक कोष जुटाउन सांसद मन्त्रीको पारिश्रमिक ३० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ ।

संघीय सरकाका मन्त्री प्रकाश जावेडकारले यो जानकारी गराएका छन् ।

सांसद मन्त्रीको पारिश्रमिक एक वर्षका लागि कटौती गर्न सरकारले एक अध्यादेश ल्याएको छ ।

यसका साथै संसदीय विकास क्षेत्रको रकम दुई वर्षका लागि खारेज गर्न निर्णय सरकारले गरेको हो ।

कोरोनाभाइरस संकटका लागि यो कटौती गरिएको जनाउँदै यो निर्णय तत्काल लागू गर्न अध्यायदेश ल्याइएको जनाए ।