जिब्रोको स्वाद र नाकको सुँघाइ हराए कोरोना परीक्षण गराऔं
काठमाडौ । जिब्रोको स्वाद र नाकको सुँघाइ हराएको बेला कोरोनाभाइरस परीक्षण गराउनु उपयुक्त हुने एक नयाँ अध्ययनबाट जानकारी प्राप्त भएको छ ।
बेलायतका अनुसन्धानकर्ताहरूले कोरोनाभाइरस सम्बन्धी यो अध्ययन सार्वजनिक गरेका हुन् ।
लन्डनको किङ्ग्स कलेजका अनुसन्धानकर्ताहरूको टोलीले एक वा धेरै लक्षण भएका ४ लाख मानिसहरूसँगको प्रतिक्रियाका आधारमा यो अध्ययन पूरा गरेको हो ।
यो अध्ययनबाट ५९ प्रतिशत भाइरस पजिटिभ व्यक्तिहरूमा नाकको सुँघाइ र जिब्रोको स्वाद गुमेको पाइयो ।
निगेटिभ भएका व्यक्तिहरूका १८ प्रतिशतमा मात्र नाकको सुँघाइ र जिब्रोको स्वाद गुमेको पाइएको छ ।
यो परीक्षण ज्वरोको लक्षणको तुलनामा बलियो रहेको अनुसन्धानकर्ताहरूले बताए ।
संयुक्त राष्ट्र संघको स्वास्थ्य नियोग हुले ज्वरो, सुख्खा खोकी र थकाइलाई कोरोनाभाइरसको सम्भावित लक्षणको रूपमा समावेश गरेको छ ।
स्वाद र सुँघाइको ह्रासलाई समावेश गरेको छैन् । अध्ययनबाट यसलाई समावेश गर्नुपर्ने देखिएको अध्ययनकर्ताहरूको विश्वास रहेको छ ।
घरमा बसेर कोरोनाभाइरसको जोखिम घटाउने सल्लाह सामान्यरूपमा दिने गरिन्छ ।
विश्वभर १२ लाख बढी मानिस कोरोनाभाइरस संक्रमित भएका छन् भने करिब ७० हजारको मृत्यु भइसकेको जोन्स हप्किन्स युनिभर्सिटीले जनाएको छ ।
किङ्ग्स कलेज लन्डनका अनुसन्धानकर्ताहरूले अप्रिलको पहिलो सातामा यो अध्ययन सार्वजनिक गरेका हुन् ।
गत महिना इएनटी युकेले कोरोनाभाइरस संक्रमितहरूमा स्वाद र सुँघाइमा आउने ह्रास हुने एक विज्ञप्ति सार्वजनिक गरेका थियो ।
प्रतिक्रिया