अस्पताल भर्ना भएको एक दिन पछि बेलायती प्रधानमन्त्री आइसीयुमा
काठमाडौ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोनाभाइरस संक्रमणका कारण अस्पताल भर्ना गरिएको एक दिन पछि सघन उपचार कक्ष(आइसीयु)मा पठाइएको छ ।
बेलायती प्रधानमन्त्री कार्यालय नम्बर १० डाउनिङ स्ट्रिटले प्रधानमन्त्री जोन्सनको स्वास्थ्य अवस्था बिग्रिएपछि आइसीयुमा पठाइएको जनाएको छ ।
सोमबार अपराह्न प्रधानमन्त्रीको स्वास्थ्य झन खराब हुँदै गएपछि स्वास्थ्य सल्लाहकार टोलीको सल्लाहमा उनलाई सघन उपचार कक्षमा सारिएको प्रवक्ताले बताए ।
प्रधानमन्त्री अझ चेतनामा रहेको र उनले विदेश मन्त्री डोमिनिक राबलाई खोजेको बेला उपलब्ध रहन भनेका थिए ।
संक्रमण भएको हुन सक्ने आंशकामा १० दिन पछि उनलाई आइतबार सेन्ट थमस हस्पिटल लन्डनमा भर्ना गराइएको थियो ।
अस्पताल भर्ना भएको एक दिन पछि उनलाई आइसीयुमा सारिएको हो ।
सोमबार ५५ वर्षीय प्रधानमन्त्री जोन्सनलाई स्वास लिन कठिनाइ भएपछि अक्सिजन दिन थालिएको समाचारमा जनाइएको छ ।
गत साता प्रधानमन्त्री कार्यालयले जोन्सनको कार्यवाहकको रूपमा राब बन्ने पुष्टि गरेको थियो ।
प्रतिक्रिया