प्रधानमन्त्री ओली राष्ट्रका नाममा ११ बजे सम्बोधन गर्दै 

प्रधानमन्त्री ओली राष्ट्रका नाममा ११ बजे सम्बोधन गर्दै 

काठमाण्डौ, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा ट्वीटरमा यसबारेमा लेखेका छन् । उनका नुसार प्रधानमन्त्रीले बालुवाटारबाटै सम्बोधन गर्ने  छन् । 

प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने जनाइएको छ ।