प्रधानमन्त्रीले विदेशबाट आएका सबैलाई स्वघोषणा गर्दै क्वारेन्टाइनमा बस्न आग्रह
२५ चैत्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट आएका सबैलाई स्वघोषणा गर्दै क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले राष्ट्का नाममा सम्बोधन गर्दै विदशेबाट आएका केही नागरिकहरुले क्वारेन्टाइनमा बस्न नमानेको उल्लेख गरेका छन् । जीवन कि व्यक्तिगत स्वतन्त्रता भन्ने प्रश्न गर्दे प्रमले जीवनलाई पहिलो रोजाइ रोज्नुपर्ने बताएका छन् ।
विदेशबाट आएका सबै नागरिकलाई जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सम्पर्कमा आएर कोरोनाविरुद्धको लडाइँमा सहभागी हुन प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।
एक जनाको लापरबाहीले परिवार, समुदाय हुँदै राष्ट्रलाई नै क्षति पुऱ्याउने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका हुन् । त्यस्तै नेपाल–भारत सीमामा रहेका नेपाली नागरिकको उचित व्यवस्थापन गरिने प्रधानमन्त्री ओलीले बताएका छन् ।
प्रतिक्रिया