कोरोना भाइरस दोस्रो चरणमा प्रवेश : प्रम

कोरोना भाइरस दोस्रो चरणमा प्रवेश : प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कोरोना भाइरस  संक्रमणको  दोस्रो चरणमा प्रवेश गरेकाले थप सजग हुनुपर्ने अवस्था आएको बताएका छन् । प्रधानमन्त्री ओलीले कञ्चनपुरमा एक स्थानीयमा कोरोना भाइरसको संक्रमण देखिएपछि दोस्रो चरणमा पुगेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले राष्टका नाममा संबोधन गर्दै अगाडि थपे, बाहिरबाट आएका संक्रमितबाट स्थानीयमा कोरोना संक्रमण सरेपछि दोस्रो चरणमा पुगेका छौं । यसबाट हामी थप जोखिममा छौं भन्ने देखाएको छ।

संक्रमणको जोखिमलाई न्यून गर्न सीमामा आएकालात्तई प्रवेश गर्न नदिइएको भन्दै प्रमले भने, भारतबाट आएर सीमानामा रहेका दुई हजार एक सय ४७ नेपालीलाई भारतमा नै राखिएको प्रधानमन्त्रीको भनाइ थियो। त्यस्तै भारतीय सात भन्दा बढी नागरिकलाई नेपालमा नै व्यवस्थापन गरिएको उनले जानकारी दिए।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको उच्चस्तरीय समितिले कोरोनाविरुद्धका सबै कामको नेतृत्व गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो। स्थानीय तह र प्रदेश सरकारको भूमिका पनि यसबेला प्रभावकारी देखिएको प्रधानमन्त्रीको भनाइ थियो।

प्रधानमन्त्रीले विदेशबाट आएका सबैलाई स्वघोषणा गर्दै क्वारेन्टाइनमा बस्न आग्रह