चिकित्सकको मनोबल बढाउन आयरलैण्डका प्रम फर्किए डाक्टरी पेशा
काठमाडौं, २५ चैत्र । आयरलैण्डका प्रधानमन्त्री लियो भरादकार (leo vardkar) ले चिकित्सकहरुको मनोबल बढाउन डाक्टरमा आफ्नो नाम दर्ता गराएका छन् ।
कोरोना भाइरसको संकटमा अग्रभाग बसेर लडिरहेका चिकित्सकहरुमा कोरोना भाइरस सर्ने उच्च जोखिम हुन्छ । त्यसैले चिकित्सकहरुको मनोबल बढाउन उनीहरु सँगै आफू पनि रहेको सन्देश दिनका लागि प्रधानमन्त्री लियो भरादकारले पुन डाक्टरमा नाम दर्ता गरेका हुन् ।
उनी राजनीतिकमा लाग्नु अघि सात वर्षसम्म मेडिकल व्यवसायमा संलग्न थिए । राजनीतिमा लागेपछि २०१३ मा उनको नाम दर्ताबाट हटाइएको थियो ।
उनले हप्ताको एक सिफ्ट मेडिकल व्यवसायमा संलग्न रहने बताएका छन् । ४१ बर्षीय लियो गत मार्च महिनादेखि नै स्वास्थ्य सेवामा सक्रिय भूमिकामा सेवा दिदै आएको उनका प्रवत्ताले बताए ।
उनका परिवार प्रायः मेडिकल पेशामा संलग्न छन् । त्यसैले पनि उनलाई त्यस क्षेत्रमा सहयोग गर्ने भावना पैदा भएको हुन सक्ने बताइएको छ ।
उनकी पत्नि आयरलैण्डको एक हस्पिटलमा सर्जिकल डाक्टर हुन् । उनका पिता भारतबाट मेडिकल डाक्टर पढेर आएका र उनकी आमा नर्सिङ्ग शिक्षा पढेर आएकी हुन् ।
आयरलैण्डमा अहिलेसम्म कोरोनाबाट एक सय ५८ को मृत्यु भइसकेको छ । त्यस्तै पाँच हजार संक्रमित छन् ।
गत महिना आयरलैण्डका स्वास्थ्यमन्त्री सिमन हेरिसद्वारा गरेको अपिलमा “तपाईको राष्ट्रका लागि तपाईको आवश्यकता छ” अर्थात नागरिकको सुरक्षाका लागि चिकित्सकहरुको नयाँ भर्ति गर्नुपर्ने बताएका थिए । देशलाई महामारीबाट बचाउन चाहिएको सहयोगमा अर्थात नयाँ चिकित्सक भर्तिमा प्रधानमन्त्रीले आफ्नो नाम दिएका हुन् ।
प्रतिक्रिया