कोरोनाभाइरसको अँध्यारो सुरूङमा दियो बाल्दै मानव साहस
कोरोनाभाइरसले विश्वभरका जनतालाई मृत्यु भयको कालो सुरूङ्गमा बस्न बाध्य गरे पनि मानव साहसले सोही सुरूङ्गमा दियो बाल्न शुरू गरेको छ ।
विश्वका विभिन्न ठाउँमा कोरोनाविरूद्ध विभिन्न किसिमका उपाय अपनाउन थालिएको मात्रै होइन त्यसको उपचारका लागि खोपको निर्माण कार्यहरू शुरू भइसकेका छन् ।
प्रधानमन्त्री बोरिस जोन्सनलाई आइसीयुमा अक्सिजनसहितको उपचार गरिरहेका बेलायतीहरूले उपचारको खोप बनाउने विभिन्न किसिमको परीक्षण गरिरहेका छन् । विश्वमा खोपको परीक्षण गरिएकै बेला लकडाउनमा रहेको बेलायतमा लन्डन स्कूल अफ हाइजिन एन्ड ट्रोपिकल मेडिसिनले अनुसन्धान गरिरहेको छ । यो अनुसन्धानकर्ताहरूले लकडाउनको सकारात्मक असरको ठोस अध्ययन गरेका छन् । लकडाउन अघि कोरोनाले २.६ जनालाई संक्रमित गर्ने गरेकोमा अहिले यसको क्षमता घटेर ०.६२जना भएको छ ।
यसैगरी अस्ट्रेलियाका वैज्ञानिकहरूले कोरोनाभाइरस विरूद्धका लागि सम्भावित दुई खोपको परीक्षण गरिरहेका छन् । अक्सफोर्ड युनिभर्सिटी र अमेरिकी कम्पनी इनोभियो फर्मास्युटिकलको संयुक्त रूपमा प्रयास गरिरहेका छन् । यो अनुसन्धानबाट तयार पारिएका खोपहरूको परीक्षण जनावरहरूमा गरिँदै छ । जनावरहरूमा गरिएको परीक्षणलाई एक कोशेढुंगा मानिएको छ । पहिलो परीक्षणको नतिजा जुनमा आइपुग्ने अपेक्षा गरिएको छ ।
यसैगरी जापानको फुजिफिल्मले पनि परीक्षण गरिरहेको छ । यो परीक्षणबाट निस्कने खोपले रोगीलाई कम समयमा निको पार्न सक्ने अपेक्षा गरिएको छ । २५ चैत्र २०४६
प्रतिक्रिया