न्युयोर्क शहरमा शव गाँड्न चिहानको अभाव

न्युयोर्क शहरमा शव गाँड्न चिहानको अभाव

२६ चैत्र, काठमाडौं । अमेरिकामा कोरोनाभाइरसबाट अहिलेसम्म एघार हजार मरिसकेका छन् । यसमध्ये चार हजार सात सय ५८ त न्युयोर्कमा मात्र मरेका छन् । न्युयोर्क शहरमा शवहरुलाई गाँड्नका लागि चिहान समेत छैन । सार्वजनिक जग्गा खोजेर शब गाड्नका लागि अधिकारीहरु अस्थायी चिहान खोजिरहेका छन् । परिस्थिति राम्रो भएपछि परिवारको इच्छा भएको ठाउँमा शव गाडिने उनीहरुले जनाइएका छन् । 

अमेरिकामा खराव अवस्था आउनुमा डब्लुएचओलाई दोष लगाउन थालेका छन् राष्ट्पति डोनाल्ड ट्म्पले । डब्लुएचओलाई आफूहरुले धेरै पैसा दिएको तर डब्लुएचओले चीनप्रति झुकाव राखेको उनको भनाइ छ । चीनको सीमा खुल्ला गर्नका लागि डब्लुएचओको सिफारिसलाई आफूले लट्काएको तर डब्लुएचओले यस्तो किन सिफारिस गरे ? डोनाल्ड ट्म्पको आक्रोस छ । योसँगै राष्टपतिले रक्षा विभागका एक अधिकारी ग्लेन फाइनलाई हटाइदिएका छन् । उनी कोरोनाभाइरस निर्मुल गर्न बनेको विशेष समितिका प्रमुख थिए । यस समितिलाई दुई लाख करोड डलर दिइएको थियो । 

अमेरिकामा तीन महिनाको भाडा सरकारले दिने भएको छ । भाडावालालाई घर मालिकलाई ननिकाल्न र तिनीहरुको भाडा सरकारले दिने जनाइएको छ । वार्षिक एक लाख कमाउने व्यक्तिलाई सरकारले १२ सय डलर, विवाह गरेकाहरुलाई १८ सय डलर र बच्चा भएकालाई केही थप अतिरिक्त दिने बताएको छ । मजदुरलाई तीन हजार डलर दिइसकिएको छ ।