चिनियाँ पक्षमा भएको भन्दै विश्व स्वास्थ्य संगठनको सहयोग रोक्ने ट्रम्पको चेतावनी
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन चिनियाँ पक्षमा भएको भन्दै उसलाई दिइने अमेरिकी सहयोग रोक्ने चेतावनी दिएका छन् ।
संगठनलाई सहयोग गर्ने १९४ देशहरूमा सबै भन्दा बढी सहयोग गर्ने दाता अमेरिका रहेको छ । ट्रम्पले कोरोनाभाइरसको विषयमा बोल्दै विश्व स्वास्थय संगठन चिनियाँ पक्षधर भएको र उसले कोरोनाभाइरस महामारी विरूद्ध प्रभावशाली प्रतिक्रिया जनाउन धेरै सुस्त रहेको आरोप लगाए ।
ट्रम्पले भने“ विश्व स्वास्थ्य संगठनलाई अमेरिकाबाट सबै भन्दा बढी दान प्राप्त हुन्छ । तर कोरोनाभाइरस संकटका बारेमा गलत कुरो भनेको छ ।”
विश्व स्वास्थ्य संगठनलाई दिइने सहयोग राशि किन रोक्ने भनी सोधिएको प्रश्नको जवाफमा ट्रम्पले यो सम्भावना मात्र व्यक्त गर्ने गरेको पाइएको बताए ।
ट्रम्पको आलोचनाको निशानामा हाल विश्व स्वास्थ्य संगठन रही आएको छ । अमेरिकाले यो संगठनलाई यो वर्ष ५ करोड ७८ ला अमेरिकी डलरको सहयोग दिने भएको छ भने चीनले २ करोड ८७ लाख अमेरिकी डलर बराबरको सहयोग दिने गरी दोस्रो सहयोगी देश हो ।
संगठनका निर्देशक डा. टेड्रोस अदानोम गेब्रयेससले फेब्रअरीमा चीन बाहिर यो भाइरसको सर्ने सम्भावना एक दम न्युन र सुस्त भएकाले यात्रामा प्रतिबन्ध लगाउनु आवश्यक नहरेको बताएका थिए ।
त्यसयता स्थितिमा नाटकीय परिवर्तन भएको र संगठन भाइरस महामारी रोकथाममा बढी सक्रिय भएको देखिएको छ । संगठनले अहिले ७० देश यसको उपचारका लागि अनुसन्धान परीक्षणमा सहभागी भएको जनाएको छ ।
प्रतिक्रिया