पार्टी एकतामा जोड दिदैं सचिवालय वैठक टुंगियो

पार्टी एकतामा जोड दिदैं सचिवालय वैठक टुंगियो

२६ चैत्र, काठमाडौं । निकै प्रतिक्षाका साथ हेरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको वैठक पार्टी एकतामा जोड दिने निर्णय गर्दै सकिएको छ । पाँच घण्टा चलेको सचिवालयको वैठकमा एकअर्काप्रतिको भ्रमलाई स्पष्ट पार्ने काम भएको एक सचिवालय सदस्यले झिल्कोसँगको कुराकानीमा बताए । 

प्रधानमन्त्री केपी शर्मा ओलीको किड्नीको टन्सप्लाण्ट र बीचमा कोरोना भाइरसका कारण भएको लकडाउनले वैठक बस्न सकेको थिएन । पछिल्लो समयमा स्वास्थ्य सामग्री खरीद प्रकरण र सेनालाई स्वास्थ्य सामग्री किन्न दिने सरकारको कदमको सर्वत्र आलोचना भएको थियो । वैठकमा सचिवालयका सदस्यहरुले यसबारेमा खुलेर कुरा राखेको र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य सामग्री प्रकरणमा आफू र मन्त्री नजोडिएको र त्यसमा डीजीले नै निर्णय गरेको स्पष्टीकरण दिए । वैठकमा कोरोनाभाइरसको स्थिति र सरकारले चालेका कदमका बारेमा ईश्वर पोखेरल बोलेका थिए । 

मिडियाले एक नेतालाई उचाल्ने र अर्काे नेतालाई मानमर्दन गर्ने कार्य भइरहेको भन्दै नेताहरुले कुरा उठाए । मिडियाले उठाएका विवाद र भ्रममा नपर्न सबै नेता सहमत भएको वैठकमा सहभागी अर्का नेताले बताए । 

वैठकहरु छिटछिटो र नियमित रुपमा बस्ने सहमति भएको पनि बताइएको छ ।