काँग्रेसमा चुलियो मनोमानी, देउवाबिरुद्ध उत्रिए वहुमत जिल्लाका यी सभापतिहरु

काँग्रेसमा चुलियो मनोमानी, देउवाबिरुद्ध उत्रिए वहुमत जिल्लाका यी सभापतिहरु

काठमाडौं । महासमिति बैठकबाट पास भइसकेको बिषयलाई केन्द्रीय कार्यसमितिको बैठकले उल्टाएपछि अधिकांश जिल्लाका काँग्रेस सभापतिहरु पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध रुष्ट बनेका छन् ।
महासमिति भन्दा ठूलो केन्द्रीय कार्य समिति हुन सक्दैन भन्दै पार्टी सभापति जस्तो गरिमामय पदको विश्वसनीयता समेत समाप्त गर्ने कार्यमा पार्टी सभापति देउवा लगायतका नेताहरु देखापरेको ती जिल्ला सभापतिहरुको गुनासो छ ।  कांग्रेसको गत पुष २९ देखि माघ ९ गतेसम्म काठमाडौँमा सम्पन्न महासमिति बैठकमा सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले अधिकांश महासमिति सदस्यहरुको प्रस्ताव अनुसार विधानमा उल्लेखित स्वतः प्रतिनिधि सम्बन्धी प्रावधान हटाउन र समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्तिलाई दोहो¥याएर अबसर नदिने सम्बन्धी व्यवस्था थप गर्ने सम्बन्धमा ऐक्यवद्धता जनाएका थिए ।

जिल्ला सभापतिहरुले जारी गरेको विज्ञप्तीमा भनिएको छ,’उक्त दुई बिषयलाई लिएर पार्टी केन्द्रीय कार्यालयको सचिवालयमा औपचारिक रुपमै दर्ता भएको दर्ता नम्बर ९३ महासमिति सदस्यहरुको हस्ताक्षरलाई वेवास्ता गरी संशोधन प्रस्ताव नै नआएको जस्ता गलत प्रचारबाजीमा उत्रनु हाँस्यास्पद छ ।’ 

सभापति देउवाको कार्यशैली बिरुद्ध जारी गरिएको वक्तव्यमा हस्ताक्षर गर्ने जिल्ला सभापतिहरु यी हुन् ः

प्रदेश नं १

१) लीलादेवी बोखिम — ताप्लेजुङ
२) नरेन्द्र कुमार केरुङ्ग — पाँचथर
घ) हिमालय कर्माचार्य — ईलाम
४) उद्धव थापा — झापा
५) गोविन्द ढुंगाना — तेह्रथुम
६) नन्दमणि राई — भोजपुर
७) नरेश कुमार श्रेष्ठ — खोटांग
८) बिनोद बस्नेत — सोलुखुम्बु
९) राजिब कोइराला — सुनसरी
१०) डिग बहादुर लिम्बु — मोरंग
११) बिदुर बस्नेत — गाईघाट
१२) दिपेन कुमार श्रेष्ठ – संखुवासभा

प्रदेश नं  २

१) कृष्ण देव यादव — रौतहट
२) अजय दुवेदी — पर्सा

प्रदेश नं  ३

१) उज्जल बराल — सिन्धुली
२) मधु आचार्य — काभ्रे
३) लवश्री न्यौपाने — रामेछाप
४) बिकाश लामा — सिन्धुपाल्चोक
५) जगदीश नरसिंह केसी — नुवाकोट
६) दुर्लभ थापा — भक्तपुर ७
 ७) सबुज बानिया — काठमाडौँ
८) पेम्बा क्षिरिङ्ग लामा — रसुवा
९) रमेश धमला — धादिङ
१०) जित नारायण श्रेष्ठ — चितवन

गण्डकी प्रदेश 

१) बैकुण्ठ न्यौपाने — तनहुँ
२) कृष्ण केसी —कास्की
३) खम्ब गर्बुजा —म्याग्दी
४) यङ्गजीङ्ग बिष्ट —मुस्ताङ
५) कुमार राणा —स्याङजा
६) बिष्णु प्रसाद लामिछाने —नवलपुर
७) भेष बहादुर पौडेल —लम्जुङ्ग
८) हरि ब घले —गोरखा

प्रदेश ५

१) अर्जुन पोखरेल —परासी
२) बिर बहादुर राणा —पाल्पा
३) भुवन श्रेष्ठ —गुल्मी
४) बिष्णु प्रसाद खनाल (मुश्कान) —अर्घाखाची
५) सुरेन्द्र प्रसाद आचार्य —कपिलबस्तु
६) अम्मर प्रसाद भण्डारी — प्युठान
७) अमर सिंह पून —रोल्पा
८) केशर मान रोका —पूर्व रुकुम
९) किरण कोइराला —बाँके
१०) संजय गौतम — बर्दिया

प्रदेश ६

१) खड्ग बहादुर शाही — मुगु
२) दिप बहादुर शाही —जुम्ला
३) हर्ष बहादुर बम —कालिकोट
४) कृष्ण कुमार बिसी — दैलेख
५) कमल राज रेग्मी —सुर्खेत
६) प्रेम प्रकाश ओली —पश्चिम रुकुम
७) गणेश बहादुर चन्द —सल्यान
८) दिपक जंग शाही —जाजरकोट
९) जयपति रोकाया —हुम्ला
१०) अंगत बुढा —डोल्पा

प्रदेश  ७

१) कर्ण बहादुर मल्ल —डडेल्धुरा
२) ललितसिंह बोहरा —दार्चुला
३) नरेन्द्र सिंह थापा —बैतडी
४) हर्क जंग बहादुर सिंह —बझांङ्ग

यी मध्ये केहीले आफ्नो नाम फिर्ता लिएका छन् । आधा दर्जन जतिले अहिलेसम्म नाम फिर्ता लिए पनि धेरैजसो जिल्ला सभापति केन्द्रका सभापति विपक्षमा रहेका छन् । 
 

कोइराला परिवारका सभापतिका उम्मेदवार शेखर !