यूएईमा ११ जना नेपालीहरु कोरोना भाइरस संक्रमित

यूएईमा ११ जना नेपालीहरु कोरोना भाइरस संक्रमित

यूएई । कोरोना भाइरस (कोभिड-१९) बाट संयुक्त अरब ईमिरेट्स (यूएई) मा हाल सम्म ११ जना नेपालीहरु संक्रमित भएका छन् । नेपाली दुताबास अबुधाबीका अनुसार २ जना उपचार पाएर स्वस्थ भइसकेका छन् । बाँकी ९ जनाको उपचार भइरहेको दुताबासले जनाएको छ । 

 

यसैबीच गत शुक्रबार देबदह-६ रुपन्देही घर भएकी एक नेपाली महिलाको कोरोना भाइरसका कारण मृत्‍यु भएको छ । आफ्नै कोठामा मृत फेला परेपछि उनलाई प्रहरीले अस्पताल लगेको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । प्रहरी रिपोर्टमा उनलाई कोरोना भाइरस पोजिटिभ देखिएको छ । दुताबासले भने अधिकारिक जानकारी नआएको भन्दै पुस्टि गरेको छैन ।

 

हालसम्म यूएईमा २३५९ जना संक्रमित भएका छन भने १८६ जना सफल उपचार पस्चात निको भएका छन । यूएई १२ जनाको मृत्‍यु भएको सरकारी तथ्यांक रहेको छ । झण्डै १ करोड जनसंख्या रहेको यूएईमा २ लाख ७५ हजार नेपालीहरु रहेको दुताबासले जनाएको छ ।