ऐक्यबद्धताका अवरोधक तीन पश्चिमा अहंकार

ऐक्यबद्धताका अवरोधक तीन पश्चिमा अहंकार

कोरोनाभाइरस कोभिड –१९को निरन्तर स्थानान्तरणले मानवजातिका लागि एक विशाल खतरा खडा गरिदिएको छ । धेरैभन्दा धेरै मानिसहरूले सन् १९१८को फ्लुसँग यसको तुलना गरिरहेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध क्षेत्रका केही व्यक्तिहरूले यो विश्वयुद्ध तेस्रो भएको विश्वास गर्छन वा अझ ठोसरूपमा भन्नु पर्दा गैरपरम्परागत सुरक्षाका  लागि पहिलो विश्वयुद्ध पनि भन्छन् । कोभिड–१९ विरूद्धको लडाइँ कुनै विश्वयुद्धको स्तरमा पुगेको भन्न कठिनाइ भए पनि यो हालका वर्षहरूमा देखिएको सर्वाधिक असम्भव घटनाको रूपमा देखिएको भन्नु निश्चय नै सहज बनेको छ । सबै देशका सरकारको सुशासन क्षमता परीक्षणका लागि कोभिड–१९ सबैभन्दा ठूलो कसी बनेर आएको छ ।

तीन महिनाअघि वुहानमा यो भाइरसले पहिलो प्रहार गर्दा मानिसहरूले यो यस्तो खतरनाक सरूवा रोग रहेको बुझेका थिएनन् । चीनले समयमै यसलाई बढ्न नदिएर नियन्त्रणका मापदण्डहरूलाई संयोजन ग¥यो र चिनियाँ प्रणालीको फाइदालाई पूर्णरूपमा भूमिका खेल्न दियो । समग्रमा भन्नु पर्दा चीनले एक असल काम गर्दै आएको छ ।

कोरोनाभाइरस विश्वभर निरन्तर फैलिरहदा चीनले यसको प्रसारमा आधारभूतरूपमै रोक लगाइदिएको छ । यो विश्वकै एक चुनौती बनेर आएको छ । अन्तर्राष्ट्रिय समुदायका लागि वैचारिक मतभेद हटाएर यो महामारी विरूद्ध मिलेर लड्नु पर्ने आवश्यकता अगाडि आएको छ । चीनले आफ्नो देशभित्रको अवस्थालाई सामान्य पार्दै  विश्वका अन्य देशहरूलाई चिकित्सा विज्ञ र भौतिक वस्तुको सहयोग उपलब्ध गराइरहेको छ ।

अमेरिका मात्रै होइन युरोपले पनि चीनमा पहिले महामारी फैलिएको बेला उपलब्ध गराएको अवसरलाई उपयोग गरेनन् । अमेरिकाले चीनलाई आलोचना गर्नमा समय खेर फालेको छ । अमेरिकाले अनुहारमा मास्क लगाउन लगाएको बाध्यकारी अवस्थाको राजनीतीकरण गर्न चुकेन । वैचारिक पूर्वाग्रहले तिनको सामान्य ज्ञान पनि अपहरित हुन पुग्नु आफैंमा हास्यास्पद छ ।

पश्चिमाहरूले महामारी फैलिएको बेला गरेका कमजोरीहरूका तीन महत्वपूर्ण अहंकार रहेका छन् । पहिलो तिनमा रहेको नश्लवादी अहंकार रहेको छ । केही पश्चिमा मानिसले एसियाका मानिस भन्दा भौतिकरूपमा आफूहरू बढी बलियो हुने गरेको विश्वास गर्छन् । 

दोस्रो सांस्कृतिक अहंकार रहेको छ । कोभिड–१९को उत्पत्ति वन्यजन्तुसँग सम्बन्धित हुन सक्ने देखिन्छ । केही चिनियाँ मानिसलाई दानव भनेर दानवीकरण गरिएको छ । यसो भन्नुमा उनीहरू वन्यजन्तुको खानामा प्रयोग गर्ने व्यवहारलाई प्रस्तुत गरिन्छ । पश्चिमाहरूमा चिनियाँहरूका बारेमा रहेको पूर्वाग्रह हो । तर, पश्चिमाहरूमा जंगली जीवजन्तुको शिकार गर्नु युगौ पुरानो परम्परा रहेको छ । जंगली जीवजन्तुलाई खाने व्यवहार विश्वका अन्य भागमा रहेको उदाहरण प्रशस्त छन् ।

तेस्रो शासनको पश्चिमा प्रणालीबारे उनीहरूमा रहेको अहंकार हो । पश्चिमाहरूमा तिनका सरकारहरूको कार्यव्यवहारहरू पारदर्शी व्यवहार भएको र सरकारले जनतालाई उनीहरूको प्रवन्ध गर्न जिम्मेवारी उनीहरूलाई दिएर पारदर्शी व्यवहार गरेको उनीले आफ्नो भनाइमा जोड दिने गर्छन् ।

यो अन्धो आत्मविश्वास प्रमाणित भई आएका छन् । 
यी अहंकारहरूले गर्दा अमेरिका र युरोपमा शुरूवाती समयमा व्यक्त गरिएका प्रतिक्रियाहरू भयानक भए । चीनका शुरूवाती अनुभवलाई ध्यान दिइरहदा पश्चिमाहरूले गरेका गम्भीर गल्तीहरू क्षमा गर्न लायक छैन् ।

जसो जसो महामारी सघन हुँदै गयो अमेरिका र युरोपहरूले क्रमिकरूपमा रोकथाम र नियन्त्रणका कठोर मापदण्ड अपनाउँदै आएका छन् । तर यो प्रक्रियामा समस्याहरू रहिआएका छन् ।

पहिलो सत्ताधारी दलहरूले अल्पसंख्यक र साना समूहहरूको स्वार्थहरूलाई ध्यान दिइरहन धेरै प्रयास खर्च गरेका छन् । यो अमेरिकामा स्वतःसिद्ध छ । वासिंगटनले  जनताको जीवनमाथि अल्पकालीन राजनीतिक स्वार्थलाई निरन्तर राख्ने गर्छ र सामाजिक अधिकारहरू पश्चिमा लोकतान्त्रिक प्रणालीको एक समस्या हुन् ।

दोस्रो, उनीहरूले पुँजीलाई उच्च प्राथमिकता दिन्छन् । कोभिड–१९को विरूद्धको चुनौती सामना गरिरहँदा केही राजनीतिज्ञहरूले अर्थतन्त्रलाई महामारीले कसरी असर गरिरहेको छ त्यसबारे  विशेषगरी स्टक बजारबारे चिन्ता गर्छन् । यो चीनको जनमुखी अवधारण भन्दा फरक विषय हो र यसले पश्चिमा देशहरू वास्तवमा पुँजीवादी समाजको चरित्रलाई दर्शाइरहेको छ ।

तेस्रो अमेरिका र युरोपले आफ्ना नीतिहरूमा डार्विनवादी सामाजिक विचारलाई कार्यान्वयन गरेका छन् । कोभिड–१९ फैलिन शुरू गरेयता अमेरिका र युरोपका केही उच्च पदाधिकारीहरूले ‘बथाने प्रतिरक्षा’ को प्रस्ताव अगाडि सारेका छन् । तीमध्ये केहीले यतिसम्म भने– बूढापाकामा कोभिड–१९संक्रमित भए तिनको जीवनलाई बलिदान दिनुपर्छ ।”

महामारीलाई जित्न सहयोगलाई प्राथमिकता दिनुपर्छ । तर अमेरिका र युरोपमा अवस्था आशामुखी छैन् । अमेरिकामा स्थानीय सरकारहरूले एक अर्काबीच चिरा पार्ने विषय पारित गरे र युरोपियन युनियनका धेरै जसो देशले चिकित्सा आपूर्तिमा रोक लगाएर सीमा बन्द गरेका छन् । केही देशहरूले अब चीनको सहयोग लिन स्वीकार गर्न चाहिरहेका छन्  तर त्यतिखेर चीनमाथि आरोप लगाइरहेका थिए । कोरोनाभाइरस विरूद्धको लडाइँमा अन्तर्राष्ट्रिय सहयोगको यो सुचालक होइन । 

विगतमा पश्चिमा देशहरूले जनतामा उनीहरू सबै क्षेत्रमा विकसित र शक्तिशाली रहेको छाप छोडेका छन् । तर कोभिड–१९ महामारीले वास्तवमा उनीहरूको वास्तविकतालाई महशुस गराउन लगाएको छ । पश्चिमा देशहरू इन्टरनेट, ठूलो आँकडा र यातायात सञ्जालको प्रयोग गर्न कमजोर रहेका छन् । उनीहरूको औद्योगिक उत्पादन र प्राविधिक क्षमताहरू अपेक्षा गरिए अनुसार बलियो रहेका छैनन् । उनीहरू चीनका चिकित्सा प्रणालीको समस्या र सरकारको नेतृत्व गर्ने क्षमता प्रस्तुत गर्न नाङ्गिएका छन् ।

चीनले बलियो नेतृत्व, औद्योगिक तथा प्राविधिक क्षमताको प्रदर्शन गरेको छ र समग्र समाजको सांस्कृतिक सहअस्तित्व तथा कोभिड–१९ विरूद्धको लडाइँमा आशावादिता प्रस्तुत गरेको छ । चीनले महामारी विरूद्धको वैश्विक लडाइँमा योगदान दिन चाहिरहेको छ । अनि पश्चिमाहरूले सक्दो छिटो आफ्ना पुराना गलत विचारमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता छ ।

(रेनमिन युनिभर्सिटी अफ चाइनाको स्कूल अफ इन्टरनेशनल स्टडिजका डिनका सहयोगी जिन कानरोङको आलेखका आधारमा) २७ चैत्र २०७६