कोरोनाले ४० करोड भारतीय मजदुर गम्भीर गरिबीको चपेटामा 

कोरोनाले ४० करोड भारतीय मजदुर गम्भीर गरिबीको चपेटामा 

काठमाडौ । कोरानाभाइरसले भारतको अनौपचारिक अर्थतन्त्रमा काम गरिरहेका ४० करोड मजदुर गम्भीर गरिबीको चपेटामा पर्ने भएका छन् ।साथै १९ करोड ५० लाख पूर्णकालीन कामदारको रोजगार गुम्ने संयुक्त राष्ट्रसंघको श्रम निकायले जनाएको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओले कोभिड–१९ र विश्वको काम सम्बन्धी पर्यवेक्षणको दोस्रो संस्करणमा महामारीलाई दोस्रो विश्वयुद्धयताकै सबैभन्दा खराब संकट भन्दै यस्तो चेतावनी दिएको छ ।

“ विकसित र विकासशील दुबै अर्थतन्त्र भएका देशहरूका कामदार र व्यावसाय महाविनाशको सामना गरिरहेका छन् ।हामीले द्रुगतगतिमा निर्णायक तवरले मिलेर अगाडि बढ्नुपर्छ ।अधिकार, आकस्मिकता मापदण्डहरूले जीवन र विनासबीचको मतभेद कायम गराउन सक्छ ।”आइएलओका महानिर्देशक गे रेडरले भने ।

विश्वभर दुई अर्ब मानिस अनौपचारिक क्षेत्रमा काम गरिरहेका छन् । ती मध्ये अधिकांश उदीयमान र विकासशील देशहरूमा काम गरिरहेका छन् । उनीहरू जोखिममा परेका छन् । कोरोनाले करोडौं कामदारको काम खाइसकेको छ ।

संयुक्त अरब इमिरेट्समा ५० लाख , युरोपमा १ करोड २० लाख, एसिया प्रशान्त क्षेत्रमा १ करोड २५ लाख पूर्णकालीन कामदारको रोजगार गुम्ने देखिन्छ ।
विश्वभर अहिले कोरोनाले ३ अर्ब ३० करोड मानिसको रोजगारलाई प्रभावित पारेको छ ।