तीन दशकको यात्रामा 'रक्तिम परिवार', कोरोना बिरुद्ध जनवादी गायक जीवन शर्माको 'लौ आयो ताजा खबर...' 

तीन दशकको यात्रामा 'रक्तिम परिवार', कोरोना बिरुद्ध जनवादी गायक जीवन शर्माको 'लौ आयो ताजा खबर...' 

काठमाडौं, २७ चैत । २००७ सालमा नेपाली जनताको बलिदानले प्राप्त गरेको प्रजातन्त्र राजा महेन्द्रले लादेको पञ्चायती ब्यबस्थासँगै खोसियो । राजनीतिक दलहरुमाथि प्रतिबन्ध लाग्यो । दरबार र राजाका गुणगान गाउनेहरुको हालिमुहाली चल्यो । अधिकार माग्नेहरुमाथि लुटपाट, बलात्कार, हत्या, जेलनजेल, देशद्रोहीका मुद्धाहरु लगाएर जेलमा सडाउने अनेकौँ प्रपञ्चहरु भए ।

पुनः जनताले अधिकार प्राप्तिका लागि आन्दोलन गरे । २०४६ चैत २६ गते निर्दलीय पञ्चायती ब्यबस्था परास्त गर्दै बहुदलीय ब्यबस्था स्थापना भयो ।
जनता जगाउने अभियान भने सबै तह र तप्कामा रहेका किसान, मजदुर, विद्यार्थी, कर्मचारी, कलाकार, साहित्यकार, पत्रकार, सबै सबैले गरिरहे ।

२०४३ साल चैत २६ गतेकै दिन रक्तिम साँस्कृतिक अभियानको पनि जन्म भयो र गाऊँ झुपडी, चौतारो, पँधेराहरुमा चेतनाको दीयो सल्काउने काम रक्तिमका गित/संगितको माध्यमबाट पनि भयो ।
यतिबेला रक्तिम परिवारका संस्थापक एवम् जनवादी गायक जीवन शर्माले स्थापना गरेको रक्तिम साँस्कृतीक अभियानले तीन दश पार गरिसकेको छ । दमन, शोषण, अन्याय, अत्याचार, महंगी, भ्रटाचार बिरुद्ध जनता सजग, सचेत बनाउने रक्तिमको अभियान पनि जारी नै छ । 

रक्तिमका संस्थापक तथा जनवादी गायक जीवन शर्माले यतिबेला कोराना बिरुद्धको जनचेतनामूलक गित कथेका छन् । बिश्व नै कोरोना संक्रमणका बिरुद्ध लडिरहेको बर्तमान अवस्थामा शर्माको यो नयाँ गितले चेतना, र सन्देश भने दिएकै छ । लौ आयो ताजा खबर... नामक गितमा संसारभरीका मानब जातिका लागि कोरोना बिरुद्ध एक्ला एक्लै बसेर लड्न उनले आग्रह गरेका छन् । 
 
कोही साथी सीमानमा परे अलपत्र
उपचारको खोजिमा छन् कति यत्रतत्र
खाल्टोमुनि एकै ठाउँमा लाशहरुको थुप्रो
नत यसले महल भन्यो न त भन्यो झुप्रो...

निकै मार्मिक तर यथार्थपरक गितले भोलि कोरोनाबिरुद्धको लडाईँ जितेपछि सुन्दर संसार निर्माण हुने पनि बिश्वास लिएको छ ।  
गितमा भनिएको छ :

ज्यालादारी गरी खाने भोकभोकै परे
दीर्घ रोगी बुढाबुढी दबाइ नपाइ मरे
जताततै बन्दाबन्दी हिँड्नु कहीँ छैन
घरै भित्रै मरे पनि गुहार पाईँदैन 

गितको अर्को शेरले भन्छ :

बिश्वभरी कोरोनाको चल्यो महामारी 
जिउ जोगाउनु यस्तो बेला जसातसो गरी 
संसारका मानव जाति सचेत भइ सारा
यो संकटलाई हटाउन बसौँ घर घर
लौ आयो ताजा खबर
टाढा टाढा बसौँ भन्ने ताजा खबर ....

अन्तमा, गितले यसो भन्छ :

जिन्दगी हो सधैँभरी हुन्न एकैनास 
हिम्मत कहिल्यै हार्ने होइन मार्ने होइन आश
जीवनमा यस्ता संकट आउँछन् घरी घरी
तर पनि सुन्दर संसार उदाउने छ फेरी
लौ आयो ताजा खबर, हिम्मात कहिल्यै हार्ने होइन भन्ने खबर....

गित सुन्न यहाँ थिच्नुहोस्