डब्लुएचओका महानिर्देशकलाई ज्यान मार्ने धम्की

डब्लुएचओका महानिर्देशकलाई ज्यान मार्ने धम्की

२७ चैत्र, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेडेस एडहोनम गेब्रेयेसिएसले कोरोनाको यो लडाईंका क्रममा उनले धेरै अपमान खेपेको र ज्यान मार्नेसम्मको धम्की आएको खुलासा गरेका छन् । उनले अमेरिका र चीनलाई कोरोनाको राजनीति नगर्न पनि भनेका छन् । 

उनले व्यक्तिगत निशाना बनाएकोमा आफूलाई कुनै पर्वाह नभएको बताउँदै पछिल्ला तीन महिनामा आफूलाई धेरै अपशब्द प्रयोग गरेर गाली  दिइरहेको बताएका छन् । 

पत्रकार सम्मेलनमा उनले ताइवानबाट कसैले ज्यान मार्ने दिएकोमा त्यसबारेमा ताइवानी अधिकारीलाई भन्दा उल्टै आफूलाई गाली गरिरहेको बताए । 

डब्लुएचओका महानिर्देशकले हर एक मिनेटमा कोरोनाबाट मान्छे मरिरहेको डरलाग्दो तथ्यांक दिदैं स्थिति थप भयावह हुनक्ने जनाए । कोरोनाका बारेमा अझै धेरै कुरा जानकारी छैन, यो नयाँ भाइरस हो, यसले आगामी  दिनमा कस्तो व्यहार देखाउँछ भन्ने जानकारी नभएकाले एक भएरर यसको मुकाविला गर्नुपर्ने उनको जिकिर थियो । 

एक सय दिन पहिले कोरोनालाई एक अज्ञात भाइरस भनिएकोमा एक सय दिनमा यसले विश्वलाई आतंक पैदा गराएकाले यो नयाँ भाइरसबाट थप आश्चर्यको सामना गर्नुपर्ने हुनसक्छ महानिर्देशकले भने । आफूलाई अश्वेत, काला भनेर भनिएकोमा गर्व रहेको बताएका थिए ।