‘लकडाउन’ले दशकौ पछि २सय किलोमिटर टाढाबाट ‘हिमाल’ देखिन थाल्यो

‘लकडाउन’ले दशकौ पछि २सय किलोमिटर टाढाबाट ‘हिमाल’ देखिन थाल्यो

काठमाडौ । कोरोनाभाइरसको महामारी फैलिन नदिनका लागि विश्वभर लगाइएको ‘लकडाउन’ले वातावरण प्रदुषणमा कमी आएर हिमशृंखलाबाट २ सय किलोमिटर टाढाबाट फेरि हिमाल देखिन थालेको छ ।

नेपाल र चीन दुबै तर्फबाट सगरमाथासहितका हिमशृंखला आरोहणमा करिब १ महिना यता बन्द रहेकोले त्यस क्षेत्रमा हुने प्रदुषणमा कमी आएको छ । कोरोनाभाइरसको असर क मगर्न हिमशृंखला आरोहमा प्रतिबन्ध लगाइएको छ । अर्को तर्फ नेपाल र भारतलगायत विश्वभर यो अवधिमा लकडाउनको स्थिति बनेको छ । 

यसको प्रत्यक्ष वातावरण प्रदुषणमा देखिएको छ । वातावरणले आफूलाई सफा गर्न पाउने यस्तो अवसर पहिलो पटक प्राकृतिक कारणले पाएको छ । आफूलाई सफा गर्न थालेको एक पक्ष बित्न नपाउँदै प्रदुषण घटन थालेका समाचार विश्वभरबाट आउन थालेको हो ।

भारतीय भूमिबाट देखिएका हिमशृंखला सामाजिक सञ्जाल ट्विटरमा पोस्ट गरिएका छन् ।

भारतको उत्तरीय प्रान्त पञ्जाबका मानिसहरूले हिमशृंखला देखिन थालेकोमा खुशी व्यक्त गर्दै फोटोहरू सार्वजनिक गरेका छन् ।हिमशृंखलाबाट कम्तीमा १०० माइल टाढाबाट लिइएको भनिएको तस्विर प्रस्तुत गरी यो समाचार सीएनएनले बनाएको छ ।

भारतीय शहर जलन्धर र त्यस वरिपरिका क्षेत्रबाट यस्ता फोटो पोस्ट गरिएका छन् । उनीहरूका अनुसार दशकौं पछि हिमाल देखिन थालेको हो ।मनजित काङले करिब ३० वर्ष यता पहिलो पटक यता आफूले लकडाउनमा वायु प्रदुषण हटेपछि हिमाल हेर्न पाएको लेखेका छन् ।

धौलागिरी हिमशृंखलाको बारेमा संकेत गर्दै एक ट्विटमा लेखिएको छ – करिब२०० किलोमिटर टाढा रहेको जलन्धर पञ्जाबबाट ‘धौलाधर’ पर्वत शृंखला ३०वर्षपछि  हेर्न पाएको छु ।
लकडाउनले हालका सातामा वातावरणमा ल्याएको सुधारले हिमशृंखला देखिन थालेको हो ।

दिल्लीको वायु प्रदुषण पीएम १०मा ४४ प्रतिशतले कमी आएको भारतको प्रदुषण नियन्त्रण बोर्डले जनाएको छ । भारतका ८५ वातावरण प्रदुषित शहरको प्रदुषणमा कमी आएको देखिएको छ ।