मैले सम्वाद गरेका केही व्यक्तिहरु

मैले सम्वाद गरेका केही व्यक्तिहरु

पद्मप्रसाद शर्मा 

आदरणीय पाठकवृन्द ! यहाँहरुलाई पनि समय ब्यतित गर्न गाह्रो भएको छ भने मैले सम्वाद गरेका प्रदेश पाँचका बाह्र जिल्लाका यी साथीहरुको विचारलाई एक पटक मनन गर्नका लागि हार्दिक अनुुरोध गर्दछु ।

कोरोना भाइरस कोभिड १९को जगजगी बढेपछि नेपाल सरकारले चैत्र ११ गतेदेखि लकडाउन अर्थात एकान्तवास लागुू ग¥यो । वास्तवमै यो लकडाउन हरेकका लागि सोंच्न पर्ने अवस्थाको रहन गयो । यो भन्दा अगाडि कुुनै पनि नेपालीमात्र होइन विश्वका कुनै पनि मुुलुुकले यस्तो खालको महामारी भोग्नुु त के सुुन्नुु पनि परेको थिएन । यो एकान्तवासको कष्टकर अवस्थालाई कसरी उपयोग गर्ने र यो समयलाई कुुनै सिर्जनात्मक कार्यमा लगाउने भन्ने नयाँ सोंच र खोज बनाएकाहरुले यसलाई सही सदुपयोग गर्नुु भयो । असहज परिवेशमा पनि कसरी सहज वातावरणमा आफू रहन सकिन्छ भनेर खोजी गर्नुुपर्ने रहेछ भन्ने कुरा यसपटकको एकान्तवासले सिकाएको छ । यसको जानकारीको लागि विभिन्न साथीहरुलाई फोनमार्फ सम्पर्क गरें । मैले जति साथीहरुसंग सम्पर्क गरें, उहाँहरुसँग सम्पर्क भएपछि मैले पनि केही ऊर्जा प्राप्त गरेको महसुुस गरें । 

मैले विहान उठेदेखि नसुुतुुन्जेलसम्म विभिन्न क्रियाकलापहरु गरेर भरपुर उपयोग गरिरहेको छुु । मेरा लागि यो एकान्तवास कुनै समस्यामूलक रहेको छैन । कतिपय साथीहरुले “यो समय कसरी वितेको छ ?” भनेर मलाई प्रश्न गर्नुु हुन्छ । “वास्तमा यो समय भनेको अध्ययन, लेखन तथा घरको अन्य काममा ब्यस्त रहदंै बितेको छ । विहानदेखि वेलुुकासम्मको समयलाई कतिवेला के गर्ने खाका बनाएको छुु । सोही खाका अनुुसार आफूलाई व्यस्त राख्ने प्रयत्न गरिरहेको छुु । कुुनै क्षण विना काम नबसी त्यसलाई भरपुर उपयोग गरेको अवस्था छ ।” साथीहरुलाई यही खवर सुनाउँछु । 

त्यसमध्येमा केही कुरा पाठकका माझमा पस्कदा वेस होला भन्ने लागेको छ । लकडाउन आरम्भ भए यता छापा माध्यमका साप्ताहिक तथा दैनिक पत्र पत्रिका वन्द भएका छन्  । यो भन्दा पहिले दाङबाट प्रकाहित हुने राप्ती पोष्ट राष्ट्रिय दैनिकमा हरेक विहीवारका दिन घामछायाँ स्तम्भ लेख्दै आएको र बुटवलबाट  प्रकाशित हुने बुटवल टुुडे राष्ट्रिय दैनिकमा साप्ताहिक रुपमा एउटा आलेख नियमित रुपमा तयार पारेर पठाउँदै आएको अवस्था हो । दाङबाटै प्रकाशित हुने नयाँ युुगवोध राष्ट्रिय दैनिकमा प्रायः शनिवारको दिन यात्रा संस्मरण या पुुस्तक समीक्षा तयार पारेर प्रकाशित गर्दै आएकोमा अहिले लकडाउन आरम्भ भए यता सबै छापा माध्यमहरु बन्द भएको अवस्था रहन गयो । यही बीचमा बुुटवल राष्ट्रिय दैनिकमा आवद्ध मित्र वसन्त पोख्रेलले झिल्को डट कममा सम्पर्क जोडी दिनुभयो भने साहित्यकार एवम् प्रगतिशील लेखक सङ्घ रुपन्देही शाखाका वर्तमान अध्यक्ष दलबहादुर गुुरुङ्गले आफूले सञ्चालन गर्दै आउनुु भएको श्रीनगर अनलाइनमा जोडिनका लागि आग्रह गर्नुु भयो । एकान्तवासको उपयोग पनि गर्नुुपर्ने एकातिर रहन गयो भने वर्षौंदेखि आफूले गर्दै आएको कार्य पनि यही परेकाले अहिले दुुईवटा अनलाइनमा जोडिन पुुगेको छुु  । यी दुुबै अनलाइनले मेरो केही सयम माग्ने गर्छन । आफ्नो मनमा लागेका र आफूले भोगेका कुराहरु समावेश गरेर कसैलाई प्रेरणा पनि हुन सकोस भन्ने अभिप्रायले आफ्नो केही समय यसैमा लगाउने गरेको छु । अनलाइनमा आलेख प्रकाशित भएपश्चात निकै साथीहरुले आलेख अध्ययन गरेर धन्यवादसहित टिप्पणी पनि गरिरहनुभएको छ । धन्यवादसँगै कसैले पारिश्रमिकको कुरा पनि सोध्ने गर्नुु हुन्छ । “यसकोबारेमा आफूलाई जानकारी नभएको र क्षमतालाई मैले रकममा लगेर विसाउँदिन” भन्ने जवाफ पनि दिने गरेको छु । “समयले पारिश्रमिक मिलाएछ भने अस्वीकार पनि गर्दिन” भन्ने जानकारी दिने गर्दछुु । मेरो कुरा सुुनेर उहाँहरु हाँस्ने गर्नुु हुन्छ । 

     
    यतिवेला आम नागरिकमा उत्साह भर्न आवश्यक छ । हरेकले यो समयलाई भरपुुर उपयोग गर्नुु पर्दछ । एकजनाले गर्दै आएको कार्यकलाप अर्काको लागि अति प्रेरणदायी बन्नसक्छ भनेर मैले केही साथीहरुलाई फोनमार्फत सम्पर्क गरेर संकलन गरेका विचारहरु यहाँ पस्कँदा राम्रै हुने लागेको छ । खासगरी मेरो क्षेत्र पाँच नम्वर प्रदेश भएकाले सर्बप्रथम यसै प्रदेशमा रहनुु भएका लेखक, साहित्यकार तथा वहालवाला तथा सेवानिवृत शिक्षक कर्मचारीहरुसँग सम्पर्क गर्न पुुगें । मैले यो आलेखको लागि विचार पस्कनका लागि सम्पर्क गरेको पहिलो ब्यक्ति हुनुुहुन्छ नवलपरासी पश्चिमका अर्जुुन शर्मा, उहाँ समाजसेवी हुुनुु हुन्छ । उहाँले आफू परिवारमै रमाएको र विहान वेलुुका करेसाबारीमा काम गरेर विताउने अनि दिउँसो नयाँ नयाँ पुुस्तकहरु अध्ययन गर्ने गरेको कुरा सुनाउनु भयो । रुपन्देहीका दलबहादुुर गुुरुङ्ग, उहाँ आफू पहिले जस्तै काममा ब्यस्त रहेको कुुरा सुुनाउनुभयो भने पत्रकार वसन्त पोख्रेलले आफूले नयाँ पुुस्तक खोजी गरेर अध्ययन गरिरहेको कुरा सुनाउनुभयो । त्यस्तै रुपन्देहीकै कविराज पौडेल यतिवेला आफू गाउँको घर तिलोत्तममा पुुगेको र थेसिसको बाँकी काम पूरा गर्नतर्फ लागेको वताउनुु भयो । पाल्पा प्रलेस शाखाका अध्यक्ष रामप्रसाद अर्याल (उहाँ सेवा निवृत शिक्षक हुुनुुहुुन्छ) आफू प्रत्येक दिन नयाँ कविता तथा लेखहरु सिर्जनामा लागेकाले लकडाउनको समय कुुनै बोझको रुपमा नरहेको वताउनुभयो । 

यस्तै पाल्पाका वहालवाला शिक्षक ÷साहित्यकार विजया पन्तले आफू लकडाउनका विरुद्धमा र यसबाट वच्नका लागि केही कविताहरु र गजलहरु रचना गरिरहेको खवर सुुनाउनु भयो । यसैगरी पाल्पाका अर्का साहित्यकार एवं सेवानिवृत राष्ट्रसेवक सीताराम घिमिरे आफूले आधा दर्जन नयाँ पुुस्तक अध्ययन गरिसकेको र एउटा नयाँ कृति प्रकाशनको लागि सामग्री संकलन गरिरहेको कुरा सुनाउनुभयो ।  गुल्मीका माधव ज्ञवाली, शशि पन्थी, दीन पन्थी उहाँहरु तीनै जना समाजसेवी, साहित्य प्रेमी हुनुहुुन्छ । तीन जनाले साँझ विहान करेसाबारीमा समय विताएको र दिउँसोमा लेखन तथा अध्ययनमा लागेकाले समय वितेको थाहा नहुने कुरा सुनाउनुु भयो । यस्तै अर्घाखाँचीका पिताम्वर वञ्जाडे, बुद्धिबहादुर रायमामmी र विजुुला रायमाझी यतिवेला सपरिवार आफू काठमाडौमा रहेको र त्यही लकडाउनको समयलाई उपयोग गर्दै अध्ययन, मनन र चिन्तनमा लागेको जानकारी दिनुुभयो । 

पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष हिम लेकालीले आफूलाई अध्ययन गर्न राम्रो फुुर्सद मिलेको बताउनुु भयो । यस्तै प्यूठानका लीला पुुन (सेवा निवृत रा.से.हुुनुुहुुन्छ ) उहाँ प्रलेस प्युुठान शाखाका अध्यक्ष हुुनुुहुुन्छ । उहाँ गाउँघरमा कोरोनाबाट बच्नका लागि ससरसफाइ र सुुरक्षित बसाइको वारेमा चेतना जगाउनेदेखि लिएर नयाँ गीत कविताहरु रचना गरेर समय ब्यतित गरिरहेको बताउनु भयो । यसैगरी प्युुठानकै सेवानिवृत शिक्षक देवेन्द्रकुुमार रिजालले आफू लकडानको समय सदुुपयोग गर्ने क्रममा आधादर्जन पुुस्तक अध्ययन गरेको र अहिले पनि अध्ययनमा रहेको खवर दिनुुभयो । प्युुठानकै रामप्रसाद पोख्रेल उहाँ प्रलेस नेपाल पाँच नम्वर प्रदेशका कार्यवाहक सचिव हुनुुहुन्छ, उहाँ बालीनाली घरमा ल्याउने समय भएकाले आफू सपरिवार वालीनाली  स्याहार्ने कामम लागेका कुुरा सुनाउनुभयो । यस्तै रोल्पाका मित्र खेमराज शर्मासँग सम्पर्क गर्दा आफू यतिवेला विशेष कामले गर्दा परिवारसहित काठमाडौमा आएको र त्यसै समयमा लकडाउन घोषणा भएकाले काठमाडौमा रहेर आफूले यसको सदुुपयोग गर्नका लागि नयाँ नयाँ पुुस्तकहरु अध्ययन गरिरहेको विचार ब्यक्त गर्नुु भयो । रोल्पाकै सेवारत शिक्षक भीम दशौदी र सेवा निवृत शिक्षक खडानन्द पोख्रेलसँग सम्पर्क गर्दा साँझ विहान घरको काममा लागेको र कहिले अध्ययन गर्ने र कतिवेला साथी तथा इष्टमित्रसँग विताउने गरेको सुुनाउनुभयो ।

 कपिलबस्तुुका अर्जुुन  सरसँग सम्पर्क गर्दा सासू आमाको निधन भएकाले सपरिवार त्यही कार्यमा ब्यस्त रहेको कुरा सुुनाउनुु भयो । बाँकेका शशिराम कार्कीले अहिलेसम्म घरको कामको साथै चारवटा पुुस्तक अध्ययन गरेर समयको सदुुपयोग गरेको खवर दिनुु भयो । यस्तै वर्दियाका सुशील चौधरीसँग लकडाउनलाई कसरी सदुुपयोग गर्दै हुुनुुहुन्छ भन्ने जिज्ञासा राख्दा सरदर दुुई दिनमा एउटा पुुस्तक पढेर निमाजेको कुरा सुनाउनुु भयो । रुकुुम जिल्लामा रहनुु भएका मित्र कमप्रसाद देवकोटासँग लकडाउनका समयमा विताएको समयका बारेमा कुुरा गर्दा एउटा नयाँ कृति बनाउने तयारीमा लागेको कुरा सुुनाउनुभयो । दाङका मित्रहरुमा भुवन देवकोटा, टीकाराम उदासी, निमबहादुुर थापा, शेषमणि घिमिरे, शिवराज पन्थी, शशिधर ज्ञवाली, रोमहर्ष अधिकारी, विष्णुु गौतम, दण्डपाणि पोख्रेल, याम प्रसाद पौडेल, अमर महरा, चन्द्रकान्त लम्साल लगायतका ब्यक्तिहरुसँग सम्पर्क गर्दा आफूले घरको कामकाज र अध्ययन मनन र लेखनमा समय विताएको कुुरा सुुनाउनुु भयो । आदरणीय पाठक वृन्द ! यहाँहरुलाई पनि समय ब्यतित गर्न गाह्रो भएको छ भने मैले सम्वाद गरेका प्रदेश पाँचका बाह्र जिल्लाका यी साथीहरुको विचारलाई एक पटक मनन गर्नका लागि हार्दिक अनुुरोध गर्दछु । धन्यवाद ! २८ चैत्र २०७६

यो पनि पढ्नुहोस

आज उठेको नैतिकताको प्रश्न