प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन संवाद; कोरोना विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने
काठमाडौं, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।
शुक्रबार भएको बार्तामा कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा आफुहरु सहमत भएको ओलीले ट्वीटरमार्फत जनाएका छन् ।
प्रम ओलीले ट्वीट गरेका छन्,'लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं ।'
प्रतिक्रिया