साउदी अरबका शाही परिवारमा कोरोना संक्रमण 

साउदी अरबका शाही परिवारमा कोरोना संक्रमण 

काठमाण्डौ, २८ चैत । साउदी अरबमा शाही परिवारका झण्डै एक सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

शाही परिवारको नजिकैैको व्यक्तिलाई उद्धृत गर्दै साउदीमा शाही परिवारका झण्डै एक सय ५० जनामा कोरोना पुष्टि भएको दैनिक जागरणले खबर लेखेको छ । 
सङ्क्रमणबाट सुरक्षित हुन शाह सलमान जेद्दा शहरको एक द्वीप महलमा गएको बताइएको छ । यस्तै क्राउन प्रिन्स मोहम्मद बिन सलमान पनि केही मन्त्रीसँग सुरक्षित ठाउँमा गएका छन् ।

कोरोना सङ्क्रमणबाट बच्नको लागि साउदी सरकारले हवाई सेवामा प्रतिबन्ध लगाएको छ भने सबै धार्मिक स्थलको यात्रामा रोक लगाएको छ ।