कोरोनासँग जुध्न एप्पल र गुगलको ‘क्टय्याक्ट ट्रेसिङ प्लेटफर्म’

कोरोनासँग जुध्न एप्पल र गुगलको ‘क्टय्याक्ट ट्रेसिङ प्लेटफर्म’

काठमाडौ । प्रविधि क्षेत्रका दुई ठूला कम्पनी एप्पल र गुगलले कोरोनाभाइरससँग जुध्न सजिलो हुने गरी ब्लुटुथमा आधारित ‘कन्ट्याक्ट ट्रेसिङ प्लेटफर्म’ एप आफ्ना मोबाइल अपरेटिङ सिस्टममा ल्याउन लागेको बताएका छन् ।

कोरोनाभाइरस लड्न यो ‘एप’ले उपभोक्ताको सम्पर्क पत्ता लगाउन सक्षम हुने र यसले उपभोक्ताको गोपनीयताको अधिकारलाई संरक्षण गर्ने बनाइएको दुबै कम्पनीले जनाएका छन् ।

यस्तो एपको निर्माणका लागि दुबै कम्पनीले मिलेर काम गरिरहेको बताएका छन् । अर्को महिनासम्म आउन लागेको यो एप आइओएस र एन्ड्रोइड दुबै अपरेटिङ सिस्टममा  काम गर्न सक्ने छ ।

यो एपले ब्लुटुथ कनेक्सन नजिक रहेका डिभाइसको मदतले उपभोक्ताको सम्पर्क कोरोनाभाइरस संक्रमितसँग भएको वा  निकट भविष्यमा संक्रमित हुन सक्ने जानकारी उपलब्ध गराउन सक्नेछ । 

यो एपको सर्भरहरूमा १४ दिने ‘मेमोरी’ उपकरण जडान गरिएको छ ।

दुबै कम्पनीले जारी गरेको एक संयु्क्त विज्ञप्तिमा गोपनीयता, पारदर्शीता र सहमतिको महत्वलाई सम्मान दिएको उल्लेख गरेका छन् ।

यो एप ग्लोव लगाएको हातले पनि काम गर्न सकिने गरी बनाउन लागिएको छ ।