इटलीले ‘लकडाउन’ मे तीनसम्मलाई बढायो

इटलीले ‘लकडाउन’ मे तीनसम्मलाई बढायो

काठमाडौ । इटलीका प्रधानमन्त्री गियुसेप्पे कोन्टेले कोरोनाभाइरससँग जुध्न लगाएको ‘लकडाउन’लाई मे महिनसम्म विस्तार गरिएको घोषणा गरेका छन् । साथै उनले केही व्यावसायिक गतिविधि फेरि सञ्चालनमा ल्याउन अनुमति छिट्टै दिइने बताए ।

प्रधानमन्त्री कोन्टेले इटलीमा कोभिड–१९ फैलिन नदिन इटलीको प्रयासलाई सघाउने स्टेशनरी, पुस्तक पसल र बालबालिकाका लुगा पसललगायतका व्यवसायलाई अप्रिल १४ देखि फेरि खुला गर्न अनुमति दिइने बताए ।

कोरोनाभाइरसले असरको सार्वधिक खराब देशहरू मध्ये एक रहेको इटलीमा एक लाख ५० हजार जति कोरोना संक्रमित भएको र १८ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

फेब्रुअरीको अन्त्यतिर इटलीले देशको उत्तरी क्षेत्रमा लकडाउन लगाएर पछि मार्चो शुरूबाट देश भर ‘लकडाउन’ घोषणा गरेको थियो ।  अहिले कोरोनाभाइरसबाट विश्वभर मर्नेको संख्या १ लाख नाघेको छ ।