तत्काल लकडाउन फुकुवा नगर्न 'डब्लूएचओ' को सुझाव

तत्काल लकडाउन फुकुवा नगर्न 'डब्लूएचओ' को  सुझाव

काठमाडौं, २९ चैत । विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोभिड १९ को महामारी नियन्त्रणका लागि तत्काल लकडाउन वा अरु प्रतिबन्ध फुकुवा नगर्न सुझाव दिएको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि अपनाइएका लकडाउनसहितका उपाय चाँडै अन्त्य गर्दा ज्यान गुमाउनेको संख्या तिब्रगतिमा फैलिन सक्ने भन्दै डब्लूएचओले तत्काल लकडाउन वा अरु प्रतिबन्ध फुकुवा नगर्न सुझाव दिएको हो ।

डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस गेब्रेससले प्रतिबन्धहरु फुकुवा वा खुकुलो बनाउँदा सङ्क्रमणको पुनरावृत्ति हुनसक्ने भएकाले सचेत बन्नुपर्नेमा जोड दिए । प्रतिबन्धका कारण आर्थिक समस्या वा संकट आउने भए पनि त्यसले मानव जीवनको रक्षा गरिरहेको उनको भनाइ छ ।

विश्वका २ सय १० देश र दुई वटा पानी जहाजमा कोरोना फैलिँदा ज्यान गुमाउनेको संख्या १ लाख नाघिसेकेको छ । अहिलेसम्म झण्डै १७ लाख मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ३ लाख ७६ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएका छन् ।