डरलाग्दो ग्राफ बढेको छ कोरोनाभाइरसबाट मर्नेको संख्या

डरलाग्दो ग्राफ बढेको छ कोरोनाभाइरसबाट मर्नेको संख्या

२९ चैत्र, काठमाडौं । चीनको वुहानमा ९ जनवरीको साँझ ६१ वर्षका एक जनाको निधन भयो । त्यसको ९२ दिनपछि संसारमा भाइरसबाट मर्नेको संख्या एक लाख नाघ्यो । 

१९ मार्चमा कोरोना संक्रमितका कारण १० हजार मृत्यु भएको थियो । त्यसपछिका २२ दिनमा मर्नेको संख्या ९० हजार पुग्यो । अहिलेसम्म १२ लाख यसबाट प्रभावित छन् र तीन लाख ७५ हजार उपचारपछि घर फर्किएका छन् । 

७ जनवरीका दिन कोरोनाभाइरसलाई चीनले पत्ता लगायो । ११ जनवरीसम्म कोरोना संक्रमितको संख्या ४१ रहेको थियो । १३ जनवरीमा चीन वाहिर थाइल्याण्डमा यसको पहिलो संक्रमण भेटियो । १५ जनवरीमा जापानमा देखियो । 

२० जनवरीसम्म चीनमा दुई सय ७८, थाइलैण्डमा दुई र जापान र दक्षिण कोरियामा एक एक थिए । 

त्यसको ८० दिनपछि यो भाइरस फैलिएर विश्वका दुई सय १० देशमा फैलियो । १७ लाखभन्दा धेरै यो रोगबाट संक्रमित भएका छन् । 

५० देशमा यो रोग लागेर मान्छे मरेका छन् । ७५ प्रतिशत मृत्यु पाँच देशमा भएको छ । धेरै मृत्यु हुने संख्यामा चीन सातौं भएको छ । 

पाँच वटामा इटली, अमेरिका, स्पेन, फ्रान्स र बेलायत छन् । इरानमा पनि चीनभन्दा बढी चार हजारको संख्यामा निधन भएको छ । चीन र बेल्जियममा बराबरीको संख्यामा तीन तीन हजार छ । जर्मनी र निदरल्याण्डको संख्या पनि अढाइ हजार, अढाई हजार भइसकेको छ । 

चीनले यो रोगलाई नियन्त्रण गरिसकेको अवस्था छ भने अन्य देश अझै चर्काे चपेटामा परेका छन् । पछिल्लो समयमा भारतमा यो संक्रमण तीब्र ढंगले बढेको छ ।   एजेन्सीको सहयोगमा