प्रदेश एकमा कोरोनाभाइरस शून्य, तीब्र सतर्कता 

प्रदेश एकमा कोरोनाभाइरस शून्य, तीब्र सतर्कता 

दयाराम दाहाल 'सुलभ'

३० चैत्र, झापा । मेचीनगर, टाँडी मोरंग र उदयपुरमा क्वारेण्टिनमा राखेर परीक्षण गरिएका एक सय ७८ जना नै निगेटिभ भएपछि चैत्र २९ गतेबाट घर पठाउन सुरु गरिएको छ । 

यदि कोही पोजिटिभ भेटिएमा विराटनगरको नेशनल ट्ेडिंगको भवनमा राखेर उपचार गर्ने तयारी गरिएको छ । 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको सम्भावित संक्रमणलाई ध्यानमा राखेर प्रदेश सरकारले पूरै तयारी गरेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिव्यराज कट्टेलले जानकारी दिए । प्रदेश एकसँग सीमा जोडिएका भारतका पश्चिम बंगाल र विहारमा कोरोनाभाइरसले धेरै ठूलो प्रभाव नपारेको तर महामारीको रुपमा फैलिएको मुम्बई र दिल्लीबाट यही बाटोबाट नेपाल प्रवेश गर्ने खतराका कारण सीमा क्षेत्रमा पछिल्ला दिनमा निकै सतर्कतापूर्वक कडाइ गरिएको पनि प्रवक्ता कट्टेल जानकारी दिए । 

माथि पहाडी  इलाकामा नेशनल पार्क भएकाले धेरै सुरक्षित भएको र त्यहाँ पनि विशेष सुरक्षा सतर्कता अपनाएकाले प्रदेश एकमा महामारीको रुप नलिने विश्वास प्रवक्ताको छ । 

प्रदेशका आर्थिक मामला मन्त्री मौसमले कोरोना भाइरसका कारण चालू खर्च रोकिएको र पूँजीगत खर्च हुने अवस्थामा रहेको जानकारी दिए  । 

यो पनि पढ्नहोस,

सुदूरपश्चिममा कोरोनाको अवस्था स्थिर, तर यहाँका मान्छेमा ठूलो भय