वीरगञ्जमा कोरोनाका विरुद्ध प्रहरी सक्रियता, वीरगञ्जको मस्जिदमा लुकेर बसेका २६ जनालाई प्रहरीले पठायो क्वारेन्टिन
जनकपुर, ३० चैत । वीरगञ्जस्थित मस्जिदमा लुकेर बसेका १९ जमातीसहित २६ जनालाई आज प्रहरीले नियन्त्रणमा लिई क्वारेण्टिनमा पठाएको छ ।
दिल्लीको जमातमा सहभागी भएर फर्केका १९ जना मस्जिदमा लुकेर बसिरहेको गोप्य सूचनाको आधारमा पुगेको टोलीले १९ जमातीसहित २६ जनालाई नियन्त्रणमा लिएर वीरगञ्जको श्रीपुरस्थित सिद्धार्थ माविको क्वारेन्टिनमा पठाएको हो ।
पक्राउ परेकामा वीगञ्जका ३ जना मौलाना र ४ जना भारतबाट पाहुना आई बसेकाहरु रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय विर्ताको प्रहरी टोलीले वीरगञ्जको छपकैयाको मस्जिदबाट ११ र घुसुकपुर मस्जिदबाट १५ जना गरी २६ जनालाई नियन्त्रणमा लिई क्वारेन्टिन पठाएको पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिइन ।
यो पनि पढ्नुहोस,
वीरगञ्जका कोरोना संक्रमितको 'कन्ट्याक्ट ट्रेसिङ' शुरु
वीरगञ्जमा रहेका तीन जना भारतीयमा कोरोना भएको पुष्टि
प्रतिक्रिया