बेलायतमा नयाँ कोरोनाको उपचार मलेरियाको पुरानो औषधिले शुरू
काठमाडौ । बेलायतका दुई अस्पतालमा नयाँ कोरोनाभाइरसको उपचार मलेरियाको पुरानो औषधिले शुरू गरिएको छ ।
यो कोरोनाको उपचारमा गेम चेन्जर हुने भनी टिप्पणी गरिएको र भारतलाई जुन औषधिको निर्यात गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थर्काएका थिए सोही औषधिको प्रयोगबाट बेलायतमा उपचार शुरू गरिएको हो ।
हाइड्रोक्सीक्लोरोक्वीन औषधिको प्रयोगबाट बेलायतमा नयाँ कोरोनाभाइरसको उपचार शुरू गरिएको टेलिग्राफले जनाएको छ ।
बेलायतको रोयल डेभन र एक्सटर हस्पिटलमा सन् १९५०को दशका पहिलो पटक फेला पारिएको मलेरिया प्रतिरोध औषधि हाइड्रोक्सीक्लोरोक्वीनबबाट उपचार शुरू गरिएको हो ।
यो औषधिको परीक्षण उपचारमा सफलता प्राप्त भए यसको प्रयोग विश्वभरि बढने अपेक्षा गरिएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले यो औषधिको बारेमा बोल्दा त्यहाँ उनका प्रतिपक्षीहरूले आलोचना गरेका थिए ।
ट्रम्पले भारतलाई यो औषधिको निर्यात अमेरिकालाई नगरे अमेरिकाले पनि भारतलाई त्यसैगरी बदला लिने गरी चेतावनी दिएपछि भारतले औषधिमाथिको प्रतिबन्ध हालै हटाएको थियो ।
प्रतिक्रिया