अमेरिकी राष्ट्रपति ‘ट्रम्प’लाई मन परेन ‘भ्वोइस अफ अमेरिका’, किन?

 अमेरिकी राष्ट्रपति ‘ट्रम्प’लाई मन परेन ‘भ्वोइस अफ अमेरिका’, किन?

काठमाडौ । चीन विरोधी समाचार संस्थाको रूपमा चिनिएको अमेरिकी प्रसारण संस्था ‘भ्वोइस अफ अमेरिका’कै प्रसारित विषयवस्तुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिक्क बनाउन थालेको छ ।

अमेरिकी सरकारी अधिकारीहरूले भ्वोइस अफ अमेरिका प्रति असन्तुष्टि जनाउनुलाई राष्ट्रपति ट्रम्पको असन्तुष्टिको रूपमा देखिएको हो ।
 भनिएको छ ।

हालै भ्वोइस अफ अमेरिकाले नयाँ कोरोनाभाइरस कोभिड–१९ महामारीलाई एक्ल्याउन चिनियाँ प्रयाससम्बन्धी समाचारको विवरण प्रसारण ग-यो ।

भ्वोइस अफ अमेरिकाले प्रसारण गरेको त्यो समाचारप्रति अमेरिकी राष्ट्रपति कार्यालयका अधिकारीहरूले अपत्ति जनाएका छन् ।

उनीहरूले यसलाई ‘चिनियाँ प्रोपगन्डा’  भनी असन्तुष्टि जनाएका हुन् ।

ती अधिकारीले भने “ भ्वोइस अफ अमेरिकाले तपाईँहरूको धन तानाशाही शासकको बारेमा बोल्न खर्च गर्छ ।” 

भ्वोइस अफ अमेरिकाको लागि २० करोड अमेरिकी डलर का बार्षिक बजेट अमेरिकी विषय वस्तु र अमेरिकी सरकारका नीतिहरूबारे विश्वव्यापीरूपमा प्रभावकारी ढंगले प्रसारण गारउन बिनियोजित गरिन्छ भन्दै ह्वाइट हाउसका अधिकारीले तर भ्वोइस अफ अमेरिकाले  अमेरिकी जनताका लागि नभइ अमेरिकाको विरोधमा बोल्ने गरेको बताए । 

अमेरिकी मिडियाका बारेमा ट्रम्प आफै आलोचक रही आएका छन् । तर सरकारी बजेटमा चलेको भ्वोइस अफ अमेरिकाको बारेमा राष्ट्रपति कार्यालयको असन्तुष्टि सार्वजनिक भएको आफैमा दुलर्भ विषय भएको देखिएको छ ।

तर अमेरिकामा कोरोनाभाइरस महामारीलाई नियन्त्रण गर्न ट्रम्प र उनको प्रशासनले सफलता पाउन नसकेको बेला चिनियाँ प्रयासको प्रसारणले ट्रम्प प्रशासनको विरोधमा बोलिएको अर्थमा लिएको देखिएको छ ।

७६ दिन भित्र वुहानमा चिनियाँ प्रयासले  कोरोनाभाइरसमाथि नियन्त्रण कायम गरी आम जीवनलाई पुरानो लयमा फर्काउन सफलता पाइरहेको बेला अमेरिका संकटमै फस्दै गएको देखिएको छ । 

भ्वोइस अफ अमेरिकाले एपीको रिपोर्टलाई प्रसारण गरेको हो । चीनको विरोध र अमेरिकाको समर्थन गर्नैका लागि स्थापना गरिएको भ्वोइस अफ अमेरिकाले महामारीबारे चिनियाँ प्रयासको समाचार प्रतिवेदन अमेरिकी प्रशासनलाई गिजाउन खोजेको रूपमा लिएको देखिएको छ ।

यसैगरी द न्युयोर्क टाइम्सको एक आलेखले कोरोनाभाइरसको स्रोत चीनमा नभएर युरोपमा हुन सक्ने सार्वजनिक गरेपछि त्यसको विरोधमा ट्रम्पले ट्विटेका थिए ।

कोरोनाभाइरससँग जोडेर ट्रम्पले चीन विरूद्ध कठोर अभिव्यक्ति सार्वजनिक गर्दै आएका हुन् । ‘चिनियाँ भाइरस’ भनेर टिप्पणी गर्दा ट्रम्पको विश्वव्यापी आलोचना भएयता ट्रम्पले त्यसलाई सार्वजनिकरूपमा दोह-याउन हच्केको देखिएन पनि मनसाय भनेको चीन असफल भएको समाचार सार्वजनिक हुनुपर्ने रहेको यसबाट पुष्टि भएको छ ।