नयाँ वर्ष र एकान्तवास 

नयाँ वर्ष र एकान्तवास 

पद्मप्रसाद शर्मा 

     नयाँ वर्ष २०७७ हाम्रो घरभित्र प्रवेश गरेको छ । विगत वर्षहरुमा हामीले अति उत्साहका साथ नयाँ वर्ष मनाउने र आपसमा शुुभकामना आदान प्रदान गर्नेदेखि लिएर कुनै नयाँ योजना बनाउने र मीठो खाने गरेर पनि मनायौं । नयाँ वर्षको सन्दर्भमा कोही कतै आफन्तकहाँ पुुगेर भेटघाट गर्ने र रमाइलो गर्नेदेखि लिएर कतै नयाँ स्थानका भ्रमण गरेर समेत मनाइयो । नयाँ वर्ष मनाउने विभिन्न तरिकाहरु हुने गर्छन् । स्थान र औकात अनुुसार सबै नेपालीले नयाँ वर्ष मनाउने गर्दैै आएको हो । अहिले विगतका ती दिनहरुको याद बन्दाबन्दीको अवस्थाबाट आइरहेको छ । यो पंक्तिकार यात्रामा रमाउने भएको हुनाले यो वन्दावन्दीले कता के के विर्सिएँ जस्तो भएको छ । विर्सिएँ जस्तो भए पनि विभिन्न मुुलुुकको भयावह घटनाल धेरै कुरा सम्झाइ रहेको छ । 

वास्तवमा नयाँ वर्ष भनेको नयाँ उमंग र नयाँ उत्साहका साथ मनाउने पर्व हो । त्यसैले हामीले आफ्नो औकात र क्षमता अनुुसार मनाउने गर्दै आएको हो । तर हामी यतिवेला विगतका वर्षहरुमा मनाए जस्तै यस वर्ष हामीले मनाउने अवस्था रहेन । यो हामी कसैका कारणले होइन । यो प्रकृतिका कारणले हो । “प्रकृति बलवान हुन्छ” भनेको यही हो । एकै पटक विश्व ठप्प पारेको छ ।  दुई सय १० मुुलुकका नागरिकलाई आफ्नो पञ्जा फिजाएर एकै किसिमबाट जकडेको छ । कुुनै पनि मुुलुक यतिवेला चल्मालाउने अवस्थामा छैनन् । हामीले यहाँ बन्दाबन्दी भोगिरहेका छौं र यहाँ अप्ठ्यारो महसुस गरेका छौं । यो अप्ठ्यारो भोग्ने हामी मात्र होइन । विश्वका धेरै नागरिकले यही भोगिरहेका छन् । हामीले बन्दावन्दी (लकडाउन)  मात्र ब्यहोरेका छौं । विश्वका विभिन्न मुुलुुकका एकलाख भन्दा बढी नागरिकले ज्यान गुमाएको अवस्था छ । हामीले भोगेको लकडाउन र अरु मुुलुकका नागरिकले ब्यहोरेको ज्यानको खतिलाई तुलना गरेर हेर्नुु पर्दछ । धन्य हामीले एकान्तवासले मात्र अहिलेसम्म फुर्सद पाएका छौं । भोलिका दिनमा त्यो ब्यहोर्नै नपरोस् !

प्रकृतिसँग भिज्न (एडप्ट हुन) नजान्ने हो भने प्रकृतिले दण्ड दिन्छ भन्छन । वास्तवमा हो रहेछ । प्रकृतिले कहिले हावा हुुरी दिन्छ, कहिले समुुद्री छाल (सुनामी)दिन्छ । कहिले प्रकृति रिसाउँछ अनि अतिवृष्टि र अनावृष्टि दिन्छ । अति वृष्टिका साथमा कहिले चट्यांग समेत दिन्छ । अतिवृष्टी दियो भने बाढी पहिरो दिएर धेरै धनजनको नोक्सान हुन्छ । अनावृष्टि भयो भने पानीका मुलहरु सुकेर हा हाकार बनाउँछ । हाम्रै कमजोरीका कारणले कहिले वातावरण प्रदूूषण हुन पुुग्यो भने वायुु विषाक्त हुन्छ । वातावरण प्रदूूषण भयो भने महामारी उत्पन्न हुनसक्छ । प्रकृति रिसाउनुु भनेको सानो भए पनि ठूलो भए पनि धन जनको नोक्सान हुुनुु नै हो । 
 
यसपटक पनि प्रकृति रिसाएकै हो । प्रकृति नरिसाएको भए एकजनाबाट क्षणभरमै अनेकमा भाइरस प्रसारण गर्ने थिएन । कहिले प्रकृति आफै रिसाउँछ कहिले हाम्रो कमजोरीले रिसाउँछ । यसपटक थोरै मानव कमजोरी र थोरै थप आफै रिसाएको हो । चिकित्सकका अनुुुसार यो भाइरस जनावरमा पाइने भाइरस हो । तर मानिसले ती जनावरको उचित प्रयोग गर्न नजानेका कारणले प्रकृति मानिससँग रिसाउन पुुग्यो अनि मानिसमा भाइरस प्रवेश गरायो । जनावरमा रहने भाइरस मानिसमा आउनुुमा केही कमजोरी मानिसकै हो भनेर मान्नुु पर्दछ । जतिवेला जनावरबाट मानिसले आफ्नो शरीरमा प्रवेस गरायो त्यो देखेर प्रकृति मानिससँग अति रिसासएका कारणले एउटा मानिसबाट अर्कोमा अति छिटो प्रवेश गर्ने तागत त्यो भाइरसलाई प्रकृतिले वरदानको रुपमा दिएकै हो । 
   

विगतका वर्षहरुमा पनि महामारी नआएका होइनन् तर ती महामारी सीमित स्थानमा आउँथ्यो । त्यही स्थानमा राम्रो उपचारको प्रवन्ध मिलाउन सके त्यो महामारी त्यहीबाट विदा लिएर जान्थ्यो । तर, यसपटकको महामारी सीमिति स्थानमा रहन सकेन । यसलाई प्रसारण गर्ने काम मानिस स्वयंले गरिरहेको छ । नेपालको छिमेकमा चीन रहेको छ । तर नेपालमा चीनबाट त्यो भाइरस प्रवेश नगरेर भारत र अन्य मुुलुुक जहाँ विभिन्न कामले नेपालीहरु पुुगेका थिए, ती स्थानबाट उनीहरु नेपाल आउँदा बोकेर लिएर आए । उनीहरुको कारणले गर्दा नेपालमा कोरोनाले प्रवेश पाएको हो । ती भरिया बनेकाहरुलाई पनि हामी नै भरिया बन्दैछौ वा बनेका छौं भन्ने हेक्का भएन । सायद हेक्का भएको भए उनीहरुले   त्यसलाई उतै त्याग्ने प्रवन्ध मिलाउँथे होला । कोरोनालाई नेपालमा ल्याउने उनीहरुको कुनै रहर होइन तर भयो त्यस्तै । 
 
हामी यतिवेला नयाँ वर्षको पनि कुरा गरिरहेका छौं र लकडान भोगिरहेका छौं । नयाँ नर्ष मनाउन पाइएन भन्ने पिरलो भन्दा पनि अब हामी कोही पनि त्यो कोरोना भाइरसको भरिया बन्नुु हुँदैन भन्नेमा सचेत रहने हो । हाम्रै सतर्कता र होसियारीका कारणले हामीहरु भरिया बन्नबाट बच्ने छौं ।

विश्व हल्लाउने तागत भएको कोरोना अति भलाद्मी रहेछ । ऊ आफै जहाँ तहीं जाँदैन । उसलाई स्पेशल भरिया चाहिन्छ, त्यो पनि अझ विदेशी रकम जम्मा गर्न सक्ने तागत भएका र उच्च ओहोदाहरुका ब्यक्तिका बुुई चढ्न अति राम्रो मान्दो रहेछ । उच्च ओहदावालाको काँधमा बस्न रमाउने हुनाले कतिपय मुुलुकका राजा तथा राजकुुमारहरु पनि यसको चपेटामा परेका र वेलायत जस्तो विकसित मुुलुको प्रधानमन्त्रीलाई समेत भरिया बनाउन सफल भएको छ । 

जीवन रहेछ भने २०७८साललाई धुमधामका साथ मनाऔंला । यो ७७साल धुमधामसँग मनाउन नपाएर के भो र ? हाम्रो औगात हमीसँगै छ । विक्रम सम्वत् ७७ लाई बन्दकोठाबाट स्वागत गरे पनि यो नयाँ वर्ष हामीसगं खुुशी हुने छ । 

किनकि यो अवस्था ल्याउनमा हामी कुुनै पनि नेपालीको दोष छैन । प्रकृतिले यस्तै बनाएपछि हामीले पछुतो मानेर हुँदैन । यस घडीमा पछुताउनुु वा सरकारका कारणले लकडाउन भयो भन्नुु  प्रकृतिको भावनालाई र नियमलाई नबुुझ्नुु हो । पहिले त प्रकृतिलाई बुुझ्न सक्नुपर्दछ । यही नबुुझेका कारणले पशुुपंक्षीमा रहने भाइरस मानिसमा सर्ने भएको छ । 

अहिले भएको क्षति बढ्न नदिनका लागि यो लकडाउन अति उत्तम ओखती रहेछ । त्यसैले यसलाई सेवन गरेर यो नयाँ वर्ष २०७७ मनाऔं ! यसैमा हामी सबैको कल्याण हुनेछ । १ वैशाख २०७७