राजपाको निर्णयमा राष्ट्रिय राजनीति

राजपाको निर्णयमा राष्ट्रिय राजनीति

भारतमा लोकसभाको निर्वाचन जति नजिकिदै जानेछ नेपालको राष्ट्रिय राजनीति पनि धमिलो हुनेछ । पाकिस्तान संरक्षित कास्मिरमा भएको घटनामा भारतीय सत्ताधारी दल भाजपाले सोचे जस्तो जनमत भारतमा तयार हुन सकेन । यसको भर्पाइ गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सफाइ कर्मचारीको गोडा धुने नाटकसम्म गर्न भ्याइसकेका छन् । 

सूचना सञ्चारको सहज पहँुचका कारण यस्ता नाटकको पटाक्षेप पनि भइसकेको छ । हिन्दूवादी कार्ड खेल्न त भाजपाले कुनै कसर बाँकी राख्दैन । तर यतिले नै पनि भाजपालाई पहिलेको स्थितिमा पु¥याउन कठिन छ । यसैले भाजपाले छिमेकमा आफ्नो उपस्थिति देखाएर भारतीय जनमतलाई प्रभावित गर्ने मेलो ल्याउनेछ । त्यसको पहिलो प्रकरण कैलाली हो ।

कैलाली टीकापुरमा भएको घटनालाई लिएर सांसद रेशम चौधरीसहित एक दर्जनलाई आजन्म कारावासको सजाय कैलाली जिल्ला अदालतले फैसला गरिसकेको छ । यता त्यही विषयलाई लिएर राष्ट्रिय जनता पार्टीले ‘पहिचान’को आन्दोलन गर्ने अपिल गरेको छ । यतिखेरै सांसद चौधरीको फैसला आउनु र पहिचानको आन्दोलनमा सहकार्य खोज्नु संयोगमात्र हुन सक्तैन । सशस्त्र द्वन्द्वकालीन मुद्धा निराकरणका विषय सेबोटेज गर्ने अनेक तारतम्य भइरहेको बेला टीकापुर फैसला आएको छ । 

टीकापुर फैसलालाई जायज मानेर एउटा जनमत तयार गर्ने र यो फैसलालाई नाजायज मान्दै अर्को संकट निम्त्याउने खेल भएको त हैन ? नेपालको जनसंख्याको एउटा ठूलो हिस्सा थारु जनमतलाई राष्ट्रियताबाट अलग गर्ने तुरुप त छैन यसभित्र ? विगतका राजनैतिक दुर्घटनालाई नियाल्दा यो फैसलाको मार्गबाट पहिचानको आन्दोलनमा धकेलेर मुलुकलाई अर्को संकटमा पु¥याउन खोजिएको त हैन ? प्रश्नहरु बग्रेल्ती छन् । 

केही दिन अगाडि नेका सभापति शेरबहादुर देउवा तथा विमलेन्द्र निधीले जनकपुरमा प्रदेश नं २ लाई मिथिला भोजपुरा राज्य घोषणा गर्न आव्हान गर्नु प्रसंगवश आएको कुरा मात्र मान्न सकिन्न । संघीय समाजवादी फोरमले संविधान संशोधनका लागि हतारिनु यी सबै घटनाक्रमहरु एउटा राजनैतिक सिक्वेन्समा आएन भन्न सकिन्न । नेपालमा एकथरी उग्र तथा अन्ध–राष्ट्रवादीहरु अहिलेको परिवर्तनलाई खारेज गर्न चाहन्छन् । तिनको इशारामा अस्थिरता निम्त्याउन यस प्रकारको दुर्घटनाको पटकथा तयार गरेको हुन सक्छ । तथाकथित राष्ट्रवादी र गैह्र राष्ट्रवादीको विभाजनको कथामा आधारित नेपालमा संकट निम्ति रहोस । यो परिघटनाले भाजपालाई भने लोकसभा निर्वाचनमा फाइदा पुग्छ ।   

नेपालमा अस्थिरता पैदा गर्ने गरी हुडलो मच्चियोस । राष्ट्रिय स्वाधीनताको पक्षमा सापेक्ष सही अडान लिइरहेको केपी सरकारलाई ढालेर आफ्नो कठपुतली सरकारलाई ल्याउने वातावरण बनोस् ।